onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बाढि र जंगली हात्तीबाट प्रभावित गाेदानाबासीद्वारा भुकम्प प्रभावितलाई राहत

Sambad ADD long

भुरीगाउँ, बर्दिया : वर्षामा ओराहि नदिको बाढी र अरू बेला जङ्गली हात्तीबाट पीडित ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ को गोदाना गाउँका स्थानीयले जाजरकोटको भूकम्प प्रभावितहरूका लागि ३६ हजार रुपैयाँ सङ्कलन गरि वडा नम्बर ३ को वडा कार्यालयमा हस्तान्तरण गरिएको छ ।

हरेक वर्ष बाढी र जङ्गली हात्तीबाट प्रभावित हुने गोदाना गाउँमा गठन गरिएको कालिमाइ टोल विकास संस्था र शिव टोल विकास संस्थाका सदस्य तथा स्थानीय समाजसेवी लगायत गोदना गाउँका सहयोगी मनहरूले भूकम्प प्रभावितहरूका लागि रकम उठाएर ३६ हजार रुपैयाँ हस्तान्तरण गरिएको वडा अध्यक्ष श्रीकृष्ण थारूले जानकारी दिनुभयो ।

ठाकुरबाबा नगरपालिकाले जाजरकोट भूकम्प प्रभावितहरूलाई नगरपालिकाबाट आर्थिक सहयोग गर्ने निर्णय गरे अनुसार नगर क्षेत्र भित्रका संघ-संस्था सहित नगरवासीहरूले आ आफ्ना वडा, गाउँ, टोलबाट सहयोग रकम उठाउने क्रम सुरु भएको र उठेको एकमुस्ट रकम बुझाउने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.