onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबाले छात्रवृत्तिमा एक जनालाई एनेस्थेसिया असिस्टेन्ट पढाउने

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाले छात्रवृत्तिमा एक जनालाई स्वास्थ्य क्षेत्रका लागि एनेस्थेसिया असिस्टेन्ट पढाउन आर्थिक सहयोग गर्ने भएको छ ।

अस्पतालमा गम्भीर प्रकृतिका बिरामीहरूलाई डाक्टरको निर्देशन अनुसार कुनैपनि शल्यक्रियाका क्रममा सहयोग गर्ने दक्ष स्वास्थ्यकर्मी आवश्यकता पर्ने भएकाले जनशक्ति तयार गर्न नगरपालिकाले एक जनालाई एनेस्थेसिया असिस्टेन्ट अध्ययनका लागि २५ प्रतिशत छात्रवृत्ति सहयोग गर्न लागेको हो । ठाकुरबाबा नगरपालिका भित्र स्थायी रुपमा बसोबास गरिरहेका तथा अध्ययन गर्न चाहने विपन्न परिवारका विद्यार्थीहरूलाई आवेदन पेस गर्नका लागि सूचना समेत प्रकाशित गरेको छ ।

नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा स्वास्थ्य सम्बन्धी नीति अन्तर्गत नीति नम्बर ३१ मा एनेस्थेसिया असिस्टेन्ट अध्ययन गर्न चाहनेले नगरपालिका भित्रका १२ पास गरेका विपन्न परिवारका एक जनालाई अध्यायन गर्न छात्रवृत्ति उपलब्ध गराउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनुभयो ।

नगरपालिका भित्र स्थायी रूपमा बसोबास गरी रहेका तथा प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूले यही मंसिर १९ गते भित्र नगरपालिकामा आवेदन पेस गर्न आग्रह गरिएको छ ।

आवेदन दिनका लागि नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विपन्न परिवारको विद्यार्थी भनेर खुल्ने गरि सम्बन्धित वडा कार्यालयको सिफारिस, अध्यायन गरिरहेको वा अध्यायन गर्न चाहेको शैक्षिक संस्थाको सिफारिस र शैक्षिक प्रमाणपत्रको प्रतिलिपि जस्ता आवश्यक प्रमाणपत्रसहित आवेदन दिनुपर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.