onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

दुर्घटनामा गम्भीर घाइते किसनको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका-७, कालिगौडीमा भएको मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका ठाकुरबाबा नगरपालिका-२, पेरहनीका १९ वर्षीय किसन थारुको भारतको लखनउमा उपचार भइरहेको छ । उपचारका लागि आर्थिक समस्या परेको पारिवारिक श्रोतले जनाएको छ । घरपरिवारले गम्भिर घाईते किसन थारुको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका छन् ।

लखनऊमा रहेको क्रिसेन्ट हस्पिटलको आइसियु कक्षमा उपचाररत किसन थारुको टाउकोमा गम्भिर चोट लागेको डाक्टरहरुले जनाएका छन् । किसन थारुको उपचारका लागि आइसियु बेड खर्च मात्र दैनिक २५ हजार भन्दा बढी भएको र उपचारका लागि झन्डै १० लाख जती खर्च हुने सक्ने लखनउको अस्पतालले जनाएको छ । हालसम्म घरपरिवारले ऋण सापट गरि २ लाख भन्दा बढी रकम उपचारमा खर्च गरिसकेको र थप उपचारमा कठिनाई भएकाले आर्थिक सहयोगको अपिल गरेका हुन् ।

पैसा जुटाउने घरको अवस्था निकै कमजोर रहेकाले सम्पुर्ण सहयोगी मन भएकाहरुलाई आर्थिक सहयोगको अपिल गर्दै छोराको ज्यान बाचाई दिन गम्भिर घाईते किसनका बुवा जित बहादुर थारुले आग्रह गर्नुभएको छ ।

हाल भारत लखनउको क्रिसेन्ट हस्पिटलमा आइसियुमा उपचाररत किसन थारुलाई अझै १ हप्तासम्म आइसियुमा राखेर हेरर मात्र अपरेसन गर्न मिल्ने नमिल्ने डाक्टरहरुले बताएका छन् । थारुको उपचारमा झण्डै १० लाख रकम लाग्ने र उहाँको परिवारको आर्थिक अवस्थासमेत अत्यन्त कमजोर रहेकाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सक्दो सहयोग गरिदिन आग्रह गर्नुभएको हो ।

कार्तिक २८ गते मंगलबारका दिन ठाकुरद्धारादेखि पेरहनी घर तर्फ फर्कने क्रममा कालीगौडिको मोडमा मोटरसाइकल दुर्घटना हुँदा ठाकुरबाबा नगरपालिका वडा नम्बर २ पेरहनी गाउँका मोटरसाइकल चालक वर्ष १९ का समिर थारु र मोटरसाइकलमा सवार सोही ठाउँका वर्ष १९ का किशन थारु गम्भिर घाइते भएका थिए । हाल मोटरसाईकल चालक समिर थारुलाई आइसियुबाट नर्मल बेडमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

किसनको उपचारार्थ सहयोग गर्न चाहने सहयोगी हातहरुले नेपाल के्रडिट एण्ड कमर्स बैंकमा जित बहादुर थारुको नाममा रहेको बैंक खाता नम्बर ०३८ ०००००० २०० एल मा जम्मा गर्न अनुरोध गरिएको छ । थप जानकारीको लागि मोबाइल नम्बर ९८६३१३०६०५, ९८१६५२९५३४ मा सम्पर्क गर्न किशनका बुवा जित बहादुर थारुले अपिल गर्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.