onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दिया निकुञ्ज : घाइते अवस्थामा फेला परेको पाटेबाघको उद्धार

Sambad ADD long

बर्दिया : ठाकुरबाबा नगरपालिका-२, कर्मला नजिक बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट घाइते अवस्थामा रहेको पाटेबाघको उद्धार गरिएको छ ।

पछिल्लो भाग र पचाडिका खुट्टा समेत टेक्न नसक्ने घिस्रिएर मात्रै हिँड्ने घाइते अवस्थामा रहेको पोथी पाटेबाघ रेखदेख लगायत उपचारका लागि उद्धार गरिएको निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत बद्रि विनोद दाहालले जानकारी दिनुभयो ।

स्थानीयहरु निकुञ्ज भित्र घाँस दाउरा लिन जाने क्रममा देखेपछि निकुञ्जमा खबर गरेका हुन् । राष्ट्रिय प्रकृति संरक्षण कोष र निकुञ्जको टोलीले खोजि गर्ने क्रममा निकुञ्ज भित्र घिस्रिदै हिँड्दै गरेको पोथी पाटेबाघलाई डार्ट गरेर (लठ्याउने सुइ हानेर नियन्त्रणमा लिइने कार्य) नियन्त्रणमा लिइएको निकुञ्जका सहायक संरक्षण अधिकृत दाहालले बताउनुभयो ।

झण्डै १३ वर्ष उमेर पुगेको पोथी पाटेबाघ सन् २०१३ को बाघ गणनाका क्रममा क्यामेरा ट्रयापिङ हुँदा परेवा ओडार क्षेत्रमा तस्वीर कैद भएको थियो । गम्भीर बिरामी अवस्थामा भेटिएको परेवा ओडार पोथी नामक पाटे बाघलाई राख्ने ठाउँ नभएपछि तत्कालका लागि बर्दिया राष्ट्रिय निकुञ्जको पुरानो खोरमा राखिएको दाहालले जानकारी दिनुभयो ।

निकुञ्जले विभिन्न समयमा नियन्त्रणमा लिएको पाटेबाघ मध्ये २ वटा रम्मापुर पोष्ट र ३ वटा बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय ठाकुरद्वाराका खोरमा गरी ५ वटा पाटेबाघ राखिएका छन् । बर्दियामा नियन्त्रणमा लिइएका बाघ राख्नका लागि उपर्युक्त स्थान नभएपछि समस्या आउने गरेको छ ।

यस्तै निकुञ्ज किनारका गाउँबस्तीमा प्रवेश गरि पशु चौपायालाई आक्रमण गरि आतंक मच्चाउने एउटा चितुवालाई पनि राष्ट्रिय प्रकृति संरक्षण कोष र निकुञ्जको टोलीले नियन्त्रणमा लिएको निकुञ्ज प्रशासनले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.