![Sambad ADD long](https://onlinesambad.com/wp-content/uploads/2022/08/ADD.jpg)
भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाको गत आर्थिक वर्ष २०७९/०८० को वार्षिक र चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिक सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिका वडा नं ३ स्थित साझा भवन रहेको स्थानमा कार्यक्रम सम्पन्न भएको हो ।
ठाकुरबाबा नगरपालिकाका राजनितिक दलका प्रमुख एवं प्रतिनिधीहरु, नगर वडघर संजालका संयोजक तथा वडा वरघर संजालका संयोजक, ठाकुरबाबा नगरपालिका सञ्जाल (महिला, युवा, बालबालिका, जेष्ठ नागरिक, अपाङ्ग, दलित, आदिवासी जनजाति, बाल क्लव, महिला स्वयमसेविका नगरस्तरीय संजालका प्रतिनिधिहरुले नगरपालिकामा भए गरेका विभिन्न आशा अपेक्षा, जन गुनासो तथा सल्लाह सुझाव दिनुभएको थियो ।
विभिन्न विषयमा उठेका सवालका बिषयमा ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्साल, उपप्रमुख विनाकुमरी भट्रराई, प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजाल र सम्बन्धित वडा अध्यक्षहरुले विभिन्न सवालको जबाफ प्रस्तुत गर्नुभएको भयो ।
यस्तैगरी सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तिलकराम लम्सालले ठाकुरबाबा नगरपालिकामा भइरहेका सबै गतिविधिको जानकारी गराउदै हरेक योजनाका बिषयमा गम्भिर भएर नगरपालिका दत्तचित्त भएर लागेको र यसका लागि सबै नगरबासीहरुको साथ र सहयोगले मात्र नगरपालिकामा विकास निमार्णको काम अघि बढ्न सक्ने बताउनुभयो ।
यस्तै नगर उपप्रमुख विनाकुमारी भट्रराईले जनगुनासोको सवाल दिदै सबैको आवश्यकतालाई मध्य नजर गर्दै समग्र ठाकुरबाबा नगरबासीहरुका लागि आफू निवार्चित भए देखिको कार्य योजना लागु भए नभएको बारेमा समेत स्पष्ट पार्नुभयो ।
त्यस्तैगरी प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजालले ठाकुरबाबा नगरपालिका भित्र कुन क्षेत्रमा कति लगानी गरिएको छ र के कति रुपमा कामको कार्य प्रगति भइरहेको छ भन्ने बिषयमा समेत स्पष्ट पार्नुभएको छ ।
ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालको सभा अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख विना कुमारी भट्रराई, प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजाल, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, १ देखि ९ सम्मका वडा अध्यक्षहरु, वडा सदस्यहरु, विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि नगर वडघर संजालका संयोजक तथा वडा वरघर संजालका संयोजक, ठाकुरबाबा नगरपालिका स्थित सञ्जाल (महिला, युवा, जेष्ठ नागरिक, अपाङ्ग, दलित, आदिवासी जनजाति, बालक्लव, महिला स्वयमसेविका नगरस्तरीय संजाल, वडा सचिव तथा कर्मचारीहरुको सक्रिय सहभागित रहेको कार्यक्रमको सहजीकरण परिमार्ग मिडिया सेन्टरले गरेको थियो ।