भुकम्पका घाइतेको उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन
काठमाण्डौ : जाजरकोटमा शुक्रबार राती गएको भुकम्पमा ठूलो मानवीय र भौतिक क्षति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले तीनवटै सुरक्षा निकायलाई उद्दार र राहतमा सक्रिय रुपमा जुट्न निर्देशन दिनु भएको छ ।
प्रधानमन्त्री दाहालले घाइतेहरुको तत्काल राहत र उद्धारका लागि सबै संयन्त्रहरुलाई सक्रिय काम गर्न भन्नू भएको छ । रातीको घटना भएकाले धेरै क्षति भएको हुनसक्ने आंकलन गरिएको छ । घाइतेहरुको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन् ।
‘जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गहिरो दुख व्यक्त गर्दै घाइतेहरुको तत्काल उद्धार र राहतका लागि ३ वटै सुरक्षा निकायलाई परिचालित गर्नुभएको छ’ प्रधानमन्त्रीको समाजिक सञ्जाल ‘एक्स’ को पोस्टमा उल्लेख छ ।
घाइतेहरूको उद्धारका लागि शनिबार बिहानै औषधि, स्वास्थ्यकर्मी र हेलिकप्टर पठाउने तयारी भैरहेको हेलो सरकारले जानकारी दिएको छ । प्रधानमन्त्री दाहाले उक्त घटनाप्रति दु :ख व्यक्त गर्नु भएको छ ।