onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प

Sambad ADD long

भुरिगाउँ, बर्दिया : जाजरकोटको रामेडाँडा आसपासको क्षेत्रलाई केन्द्र बनाएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको जानकारी दिनुभयो । भूकम्पको धक्का पश्चिम नेपालसंगै नेपाल, भारत र चिनमा समेत महसुश गरिएको जानकारीहरु प्राप्त भएका छन् ।

अनलाइन संवादसंगको संक्षिप्त टेलिफोन कुराकानीमा भूकम्पबाट जाजरकोटसहितका जिल्लामा घरहरुमा क्षति पुगेको र केही घाइते भएका जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयो । घाइतेको उद्दार गर्दै उपचारका लागि स्वास्थ्य संस्थामा लैजाने काम भइरहेको उहाँले बताउनुभयो ।

भूकम्पबाट जाजरकोटसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएपनि थप विवरण प्राप्त हुन सकेको छैन ।

Leave A Reply

Your email address will not be published.