पाटे बाघकाे आक्रमणबाट बर्दियाको मधुवन नगरपालिकामा एक महिलाको ज्यान गयाे

Sambad ADD long

बर्दिया :  पाटे बाघको आक्रमणबाट बर्दियाकाे मधुवन नगरपालिकामा एक महिलाको ज्यान गएको छ ।

आज दिउँसो २ बजेतिर बाख्रा चराउन चिरौटे सामुदायिक बनमा जानू भएकी मधुवन नगरपालिका वडा नम्बर ५ कि २८ बर्षिया सृजना भनिने गायत्री डाँगीको पाटे बाघको आक्रमणमा परी ज्यान गएको वडा अध्यक्ष दिलिप गुरुङले जानकारी दिनुभयो ।

महिलाको शव सामुदायिक वन भित्र भेटिए लगत्तै पोस्टमार्टमका गुलरिया लगिएको सव डिभिजन बन कार्यालय सानोश्रीका सहायक वन अधिकृत सन्तोष चौधरीले जानकारी दिनुभयो ।

पछिल्लो समय नेपाल भारत सिमानामा पर्ने तथा भारतकाे कतर्नियाघाट वन्यजन्तु आरक्ष र नेपालकाे बर्दिया निकुञ्जका वन्यजन्तु ओहोरदोहोर गर्ने मुख्य मार्ग खाता जैविक मार्ग क्षेत्रमा पर्ने मधुवन नगरपालिका क्षेत्र आसपासका सामुदायिक वनमा पाटे बाघ आक्रमणका घटना बढ्दै जाँदा मानवीय क्षति बढेकाे छ । झन्डै चार वर्षको अवधिमा बर्दियामा ३० जनाले बाघकाे आक्रमणबाट ज्यान गुमाएका छन् पछिल्लो समय बर्दियामा मानव र बाघ बीच द्वन्द्व बढ्दै गएको छ ।

Leave A Reply

Your email address will not be published.