
भुरिगाउँ, बर्दिया : मिटर रिडिङ भएको ६०औँ दिनसम्म विद्युत महशुल भुक्तानी नगर्ने ग्रहकहरुको विद्युत लाइन काटिने भएको छ । आइतबार एक सूचना प्रकाशन गर्दै नेपाल विद्युत प्राधिकरण, गुलरिया वितरण केन्द्रले ६० दिन भन्दा बढि समय विद्युत महसुल भुक्तानी नगर्ने ग्रहकहरुको विद्युत लाइन काटिने जानएको हो ।
नेपाल विद्युत प्राधिकरण बर्दिया गुलरीया वितरण केन्द्रका प्रमुख नारायण अर्यालका अनुसार नेपाल विद्युत प्राधिकरण विद्युत संकलन विनियमावली २०७८ अनुसार विद्युत महसुल भुक्तानी नगर्ने ग्रहकहरुको विद्युत लाईन काटिने भएको छ । तसर्थ बाँकी रहेको बक्यौता रकम अविलम्बन भुक्तानी गर्न सम्बन्धित ग्रहकहरुमा अनुरोध गरिएको उहाँले बताउनुभयो ।
यस्तै कुनै पनि छिमेकी ग्राहकहरुले लाइन काटिएका ग्राहकहरुलाई लाइन नदिन समेत अनुरोध गरिएको छ । यदि कुनै पनि ग्राहकले लाइन दिएको पाईएमा लाइन दिने ग्राहकको समेत लाइन काटिने नेपाल विद्युत प्राधिकरण बर्दिया गुलरिया वितरण केन्द्रका प्रमुख नारायण अर्यालले जानकारी दिनुभयो ।
मिटर रिडिङ भएको ६० औँ दिनभित्र विद्युत महशुल बुझाउनुपर्ने भए पनि केहि ग्राहकहरुले यसलाई वेवास्ता गर्दा लामो समयसम्म पनि बक्यौता रकम उठ्न नसकेपछि प्राधिकरणले कडाई गर्न लागेको जनाइएको छ ।