onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबामा मेयरकप फुटबल प्रतियोगिता सुरु

Sambad ADD long

भुरिगाउँ, बर्दिया : ठाकुरबाबा नगरस्तरिय प्रथम मेयरकप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । ठाकुरबाबा नगरपालिकाको वडा नम्बर १ भुरिगाउँ बजार नजिक सिंहबाहिनी खेल मैदानमा एक कार्यक्रमको आयोजना गरि नगरस्तरिय फुटबल प्रतियोगिताको उदघाटन गरिएकोे शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सीता भण्डारीले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालको अध्यक्षता तथा जिल्ला समन्वय समितीका अध्यक्ष सुर्य बहादुर विष्टको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथीमा उप प्रमुख विना कुमारी भट्टराई रहनुभएको थियो ।

ठाकुरबाबा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको फुटबल प्रतियोगिताको उदघाटन कार्यक्रमका अध्यक्ष तथा ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर लम्सालले सबै खेलाडीहरुलाई खेलको शुभकामना व्यक्त गर्दै अनुशासति र मर्यादित भएर आफ्नो क्षमता प्रर्दशन गरि खेल खेल्न आग्रह गर्नुभयो ।

उहाँले ठाकुरबाबा नगरपालिकाकामा राष्ट्रपति रनिङ सिल्डका खेलहरु विभिन्न समयमा हुने भएता पनि मेयरकप खेल नभएकोमा यसलाई पनि महत्वका साथ जोड दिनुपर्छ भनि खेलको आयोजना गरिएको बताउनुभयो ।

नगर प्रमुख लम्सालले बर्दियाली खोखोका खेलाडीहरुले नेपालमै बर्दियाको नाम उच्च स्थानमा राख्न सफल भएको बताउदै फुटबल खेलका खेलाडीहरुले पनि बर्दियालाई चिनाउनु पर्ने र ठाकुरबाबा नगरपालिकाका ९ वटै टिमबाट उत्कृष्ट खेलाडी छनोट गरी एउटा सिङगो टिम तयार पार्ने बताउनु भयो ।

यस्तै कार्यक्रमकी विशिष्ट अतिथी तथा उप प्रमुख विना कुमारी भट्राईले नयाँ खेलाडीहरुको उत्पादन र पुरानाहरुको खेललाई परिष्कृत गर्दै लैजाने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । नगरपालिका, जिल्ला, प्रदेश गरि राष्ट्रको पहिचान बन्न सकिने र जिवनस्तर समेत उकास्न सक्ने उहाँले बताउनुभयो ।
उहाँले खेलकुदले एउटा मनोरन्जनका लागि मात्र नभएर अनुशासित, मार्यादित र शारीरिक रुपमा तन्दुरुस्त हुन ठुलो भुमिका खेलेको बताउनु भयो ।

ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालको अध्यक्षता भएको उदघाटन कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख सुर्य बहादुर विष्टको प्रमुख आतिथ्यता तथा विशिष्ट अतिथीमा उप प्रमुख विना कुमारी भट्टराई रहनुभएको थियो ।

यसैगरि ठाकुरबाबा नगरपालिका युवा शिक्षा तथा खेलकुद विकास शाखाकी प्रमुख सिता भण्डारी, शिक्षा सुपरिवेक्षक नन्दराम अधिकारी, वडा नम्बर १ देखि ९ सम्मका वडा अध्यक्षहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक, संघसंस्थाका कर्मचारी सुरक्षाकर्मी, खेल प्रेमीहरु लागयतको सहभागिता रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालले जानकारी दिनुभयो । फुटबल प्रतियोगितामा नगरपालिका भित्रका ९ वटै टिम सहभागि भएका छन् ।

Leave A Reply

Your email address will not be published.