बर्दिया प्रकृति संरक्षण क्लबको अध्यक्षमा रामजन चौधरी (राजन) सर्वसम्मत चयन

Sambad ADD long

ठाकुरद्वारा, बर्दिया : बर्दिया प्रकृति संरक्षण क्लब ठाकुरद्वाराको अध्यक्षमा रामजन चौधरी (राजन) सर्वसम्मत चयन हुनुभएको छ । सोमबार सम्पन्न चौथो अधिवेशनले चौधरीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

उपाध्यक्षमा खगेश्वर गौतम्, सचिव आनुराम चौधरी, कोषाध्यक्ष निर्मा चौधरी (विनिता) चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सविता चौधरी, कविता परियार, लालमणी ढकाल, वालकृष्ण चौधरी र विनय चौधरी सर्वसम्मत चयन भएका छन् ।

बर्दिया प्रकृति संरक्षण क्लबले लामो समयदेखि चरा संरक्षणका साथै जैविक विविधता संरक्षण क्षेत्रमा काम गर्दै आईरहेको छ ।

Leave A Reply

Your email address will not be published.