onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

युवा र नेपाली सेनाबीच भएको मैत्रीपुर्ण फुटबल खेलमा सेनाको टिम विजयी

Sambad ADD long

भुरीगाउँ, बर्दिया : प्रकृति संरक्षणमा युवा सहभागिता नारासहित बर्दियाको ठाकुरद्वारामा सोमबारदेखि सुरु भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपाली सेनाको टिम प्रथम भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको देवीदत्त गणले ठाकुरद्वारामा रहेको ब्यारेक परिसरमा आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपाली सेनाको टिम प्रथम भएको हो ।

मैत्रीपुर्ण फुटबल प्रतियोगितामा सहभागी ८ टिम मध्ये फाइनलमा पुगेका देवीदत्त गणका नेपाली सेना टिम र ठाकुरबाबा नगरपालिका टिम बीच आज भएको खेलमा बराबरी हुँदा पेनाल्टी सुटआउटमा नेपाली सेना पहिलो भएको हो । ९० मिनेटको खेलमा ठाकुरबाबा नगरपालिका र नेपाली सेनाको टिमले १र१ गोल गरेपछि खेल बराबरी भएकोमा पेनाल्टी सुटआउटमा नेपाली सेना प्रथम भएको हो ।

प्रतियोगिता समापन कार्यक्रममा चारबाहिनी पति (जर्नेल) प्रकाश थापाले खेलमा हारजित हुन्छ नै, आगामी दिनमा अझैँ राम्रो खेल्न शुभकामना दिँदै मैत्रीपुर्ण खेलमा दुबै टिमले राम्रो खेलेकोमा प्रशंसाा व्यक्त गर्नुभयो ।

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले युवाहरूबीच भाइचारा वृद्धिसंगै संरक्षणमा अझै बढी हातेमालो होस् भन्ने उद्देश्यले मैत्रीपुर्ण खेल आयोजना गरेकोमा निकुञ्ज सुरक्षार्थ देवीदत्त गण परिवारप्रती आभार प्रकट गर्नुभयो । उहाँले यस्ता खेलहरूले हामिहरूलाई एक आपसमा नजिक बनाउने अवसर मिलेको बताउनुभयो ।

देवीदत्त गणका गणपति हिमालय थापाले मैत्रीपुर्ण फुटबल प्रतियोगिताले सम्पूर्ण नगरबासीमा घनिष्टता तथा प्रकृति संरक्षण कार्यमा युवासहित सबैको सहभागीता होस् भन्ने उद्देश्यले मैत्रीपुर्ण खेल आयोजना गरिएको बताउनुभयो ।

मैत्रीपुर्ण फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई चारबाहिनि पति प्रकाश थापाले पुरस्कार वापत झन्डै ४५ किलोको खसि र द्वितीय टिमलाई नगर प्रमुख तिलकराम लम्सालले पुरस्कार बापत झन्डै ३५ किलोको खसी प्रदान गर्नुभयो ।

फाइनल खेल तथा पुरस्कार वितरण कार्यक्रममा राँझा ब्यारेक चारबाहिनी पति (जर्नेल) प्रकाश थापा, ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्साल, देवीदत्त गणका गणपति (कर्णेल) हिमालय थापा, बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रि बिनोद दाहाल, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुङ्बाहाम्फे, होटल अर्गनाइजेसन हानका अध्यक्ष मोहनलाल चौधरी, चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्य, स्थानीय संरक्षणकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतियोगितामा एनटिएनसी, सिबिएपियु, बिएनपी, नगरपालिका, नेपाली सेना, भुपु सैनिक टिमसहित ८ टिम प्रतियोगितामा सहभागी भएका थिए ।

Leave A Reply

Your email address will not be published.