onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

आनन्द आविलाई अपांगता तथा लैंगिकमैत्री हातधुने स्थान हस्तान्तरण

Sambad ADD long

मधुवन, बर्दिया : नगरपालिकामा-५, रामनगरमा रहेको आनन्द आधारभूत विद्यालयलाई बालमैत्री, अपाङ्गमैत्री तथा लैङ्गिकमैत्री पक्की हातधुने स्थान हस्तान्तरण गरिएको छ ।

आज एक कार्यक्रमको आयोजना गरि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हिरालाल भाटको आतिथ्यतामा विद्यालयलाई हातधुने स्थान हस्तान्तरण गरिएको हो ।

प्लान इन्टरनेशनल नेपाल, भेरी बातावरणिय बिशिष्टता समूह (बि–ग्रुप) बाँकेको साझेदारी तथा मधुवन नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वय र सहयोगमा बालविवाह न्यूनीकरण परियोजना मार्फत विद्यालयलाई हातधुने स्थान हस्तान्तरण गरिएको बि–ग्रुप बाँकेकी फिल्ड सुपरभाइजर गंगा गुरुङले जानकारी दिनुभयो ।

बालमैत्री, अपाङ्गमैत्री तथा लैङ्गिक मैत्री हातधुने स्थान २ लाख ६७ हजार ८८० रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । विद्यालयमा हुने यस प्रकारका परिवर्तनले विद्यार्थीहरूको शिक्षण सिकाई, विद्यालयमा नियमित उपस्तिथि हुने दरमा वृद्धिका साथै अस्वस्थताका कारण विद्यालय छाड्ने दर कम हुने र बालिकाहरुको सिकाई उपलब्धिमा वृद्दि हुने कार्यक्रमका सहभागीहरूले बताएका छन् । सुरक्षित हातधुने स्थानको निर्माणले विद्यार्थीहरुमा पर्नसक्ने जोखिम न्यूनीकरण हुने अपेक्षा समेत गरेको सहभागीहरूले बताएका छन् ।

विगत २ वर्षदेखि बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकामा प्लान इन्टरनेशनल नेपाल र भेरि बातावरणिय बिशिष्टता समूह (बि–ग्रुप)को साझेदारी तथा परियोजना संचालन भएका स्थानीयतहसंगको समन्वयमा बालविवाह न्यूनीकरण परियोजना संचालन भई रहेको छ ।

 

परियोजना मार्फत बालिकाहरुको गुणस्तरीय शिक्षा, बालविवाहको जोखिम हुन नदिनका लागि आयआर्जनमा सहयोग, संरक्षण र विद्यालय स्रमा प्रजनन स्वास्थ्य अधिकारका विषयमा पैरवीका कार्यहरु संचालन हुँदै आएका छन् ।

Leave A Reply

Your email address will not be published.