
भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा हिन्दु धर्मवालम्वीहरुको महान पर्व वडा दशैँको अवसरमा देवी भागवत् सहित नवदुर्गाको प्रतिमामा पूजा आरधना र भजन कृतन सुरु भएको छ ।
वडा दशैँको अवसरमा आज घटस्थापनाका दिनदेखि नवमी अर्थात नवरात्रसम्म पुजा आरधना र भजन कृतन कार्यक्रम भुरिगाउँ बजारको मुख्य चोकमा सुरु भएको हरि बहादुर थापाले जानकारी दिनुभयो । कार्यक्रम बौद्धिक सनातन हिन्दु धर्म तथा गौ संरक्षण समिति ठाकुरबाबा नगरपालिका १ भुरिगाउँको आयोजनामा हरेका दिन बेलुका ७ बजेदेखि १० बजेसम्म संचालन हुने जनाईएको छ ।
घटस्थापनाका दिनदेखि सुरु भएको पुजा आरधना कात्तिक ६ गतेसम्म संचालन हुने भएकाले सम्पूर्ण श्रद्दालु भक्तजनहरुलाई उपस्थितका लागि आमन्त्रण गरिएको छ ।
भुरीगाउँ बजारक्षेत्रको सरसफाई
कार्यक्रमको अवसरमा आज विहान भुरीगाउँ बजार क्षेत्रको सरसफाई गरिएको छ । ठाकुरबाबा नगर प्रमुख तिलकराम लम्साल सहितको उपस्थितीमा बजार सरसफाई गरिएको आयोजक समितिका सदस्य टंक प्रसाद भण्डारीले जानकारी दिनुभयो ।