onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

गेरुवा ग्रामीणको पालिका स्तरीय सामाजिक लेखापरीक्षण सम्पन्न

Sambad ADD long

भुरीगाउँ, बर्दिया : किशोर-किशोरी यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार सुधार परियोजनाको पालिका स्तरीय सामाजिक लेखापरीक्षण सम्पन्न भएको छ । मधुवन नगरपालिकामा संचालित परियोजनाले एक कार्यक्रमको आयोजना गरि शनिबार लेखापरीक्षण सम्पन्न गरेको हो ।

कोरीया अन्तराष्ट्रिय सहयोगी नियोग (कोइका) र प्लान इन्टरनेशनल नेपालको सहयोगमा गेरुवा ग्रामीण जागरण संघद्वारा संचालित किशोर किशोरी यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार सुधार परियोजनाले तीन वर्षको अवधिमा सम्पन्न गरेका कार्यहरुको जानकारी गराउँदै सामाजिक लेखापरीक्षण सम्पन्न गरेको हो ।

सामाजिक लेखापरीक्षण अन्तरगत सार्वजनिक निकायको जिम्मेवारी, त्यसलाई पालन गर्न भएको प्रयास तथा कार्यसम्पादनको लेखाजोखा गरिने संस्थाका कार्यकारी निर्देशक हरी सुवेदीले जानकारी दिनुभयो । संघ, संस्था, निकायको योजना, नीति, कार्यक्रम, आयोजना कार्यान्वयन र सेवा प्रवाहले आर्थिक, सामाजिक विकासमा गरेको समग्र योगदानको लेखाजोखा, विश्लेषण र मूल्याङ्कन गर्ने कार्य समाजिक लेखापरीक्षण अन्तरगत पर्ने उहाँले बताउनुभयो ।

पालिका स्तरीय सामाजिक लेखापरीक्षण कार्य अन्नपूर्ण पोष्ट दैनिकका सह–सम्पादक शंकरप्रसाद खनालले सम्पन्न गर्नु भएको आयोजक संस्थाका कार्यक्रम संयोजक सुरज अर्यालले जानकारी दिनुभयो । सामाजिक लेखापरीक्षक खनालका अनुसार परियोजना अन्तरगत सेवा प्रवाहको उपलब्धी, परिवर्तन तथा सुधार गर्नुपर्ने पक्षहरुको तेस्रो पक्षद्वारा गरिने लेखाजोखा विश्लेषण नै सामाजिक लेखापरीक्षण हो ।

संस्थालाई जनताप्रति जवाफदेही बनाई स्थानीय तहका प्रतिनिधी र सर्वसाधारण जागरिकबीचमा विश्वासको वातावरण सिर्जना गर्न तथा संस्थाले प्रदान गर्ने सेवालाई थप पारदर्शी र गुणस्तरीय बनाउन सामाजिक लेखापरीक्षण गर्नु आवश्यक रहेको खनालले जानकारी दिनुभयो । सामाजिक लेखापरीक्षणका लागि सन्दर्भ सामाग्रीको अध्ययन र समिक्षा, स्थलगत अवलोकन, समूह केन्द्रित छलफल, नागरिक प्रतिवेदन पत्र, सूचनाहरुको संकलन तथा विश्लेषण, प्रारम्भिक प्रतिवेदन तयारी र प्रस्तुती, सामाजिक परक्षिण र अन्तिम प्रतिवेदन तयारी लगायतका विधि र प्रकृयाहरु अवलम्बन गरिएको सामाजिक लेखापरीक्षक खनालले बताउनुभयो ।

२०४९ सालमा स्थापना भएको गेरुवा ग्रामीण जागरण संघ बर्दियाले बर्दियासंगै बाँके, दाङ, कैलाली, कञ्चनपुर र अछाम जिल्लामा ४२ वटा परियोजनाहरु सफलताका साथ सम्पन्न गरि सकेको गेरुवा ग्रामीण जागरण संघको मधुवन फिल्ड सुपरभाइजर प्रमोद थापाले जानकारी दिनुभयो । गेरुवा ग्रामीण जागरण संघले पूर्ण सरसफाई, स्वास्थ्य, प्रकोप व्यवस्थापन, सुशासन, लैंगिक सुमता प्रवद्र्धन, आयआर्जन सुधार लगायतका क्षेत्रमा काम गर्दै आई रहेको छ । संस्थाले विभिन्न दातृ संस्था, स्थानीय तह लगायतसंग सहकार्य गरेर काम गरि रहेको छ ।

किशोर किशोरी यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार सुधार परियोजना मार्फत् गेरुवा ग्रामिण जागरण संघ बर्दियाले मधुवन नगरपालिकाको विभिन्न विद्यालयहरुमा लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय, अपाङ्गमैत्री हेन्डवासिंग स्टेशन, किशोरीहरुका लागि महिनावारी आराम कक्ष, विद्यालयमा किशोर–किशोरीमैत्री सूचना कक्षको निर्माण गरिएको छ ।

Leave A Reply

Your email address will not be published.