onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबाको कृषक समूह समन्वय समिति अध्यक्षमा पुनः शान्ता भण्डारी

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाको नगरस्तरीय कृषक समूह समन्वय समितिले पूर्णता पाएको छ । 

वडास्तरबाट छनौट भएर आएका कृषक समूहका प्रतिनिधि सम्मिलित भई सम्पन्न भएको साधारणसभाबाट ९ सदस्यीय नगरस्तरीय सञ्चालक समिति पुनर्गठन भएको हो ।

नयाँ पुनर्गठित समितिको अध्यक्षमा ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ की शान्ता भण्डारी, उपाध्यक्षमा वडा नम्बर ९ का प्रमिल नेपाल, सचिवमा वडा नम्बर २ का हरिराम थारु,  कोषाध्यक्षमा वडा नम्बर ५ की सावीत्री ढुङ्गाना निर्वाचित हुनु भएको छ ।

यस्तै सह–सचिवमा वडा नम्बर ६ की शान्ति वि.क. र  सदस्यहरूमा वडा नम्बर ४ का रत्न बहादुर शाही, वडा नम्बर १ की राधा पाण्डे, वडा नम्बर ८ का विर्ष वि.क. चयन हुनुभएको ठाकुरबाबा नगरपालिका कृषि शाखा प्रमुख ध्रुबराज बमले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.