onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

नेपालगञ्जको कर्फ्यु आंशिक रुपमा हट्यो, निषेधाज्ञा जारी

Sambad ADD long

नेपालगञ्ज, बाँके : विगत तीन दिनदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको लगाइएको कर्फ्यु आंशिक रुपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरी बिहिबार बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको जनाएको छ । साँझ ८ बजेदेखि भोली (शुक्रबार) बिहान ६ बजेसम्म भने कर्फ्यु जारी रहने छ ।

बिहिबार बिहानदेखि साँझसम्म कर्फ्यु खुकुलो पारिए पनि निषेधाज्ञा भने जारी छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ५ जनाभन्दा बढी भेला हुन, जुलुस निकाल्न, भेला बैठक गर्न, पोष्टर पर्चा टाँस्न रोक लगाउँदै निषेधाज्ञा भने जारी राखेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिनुभयो ।

बुधबारको सर्वपक्षीय बैठकमा सामाजिक सदभाव कायम गर्ने सहमति भएको थियो । त्यसपछि आज बिहानदेखि कर्फ्यु खुकुलो पारिएको हो ।

Leave A Reply

Your email address will not be published.