
विरेन्द्रनगर, सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशमा गुणस्तरिय शिक्षा र सामाजिक न्याय सहितको समाज निर्माण गर्न सरकार लागिरहेको बताउनु भएको छ । मंगलबार प्लान इन्टरनेशनलको ४५औँ वार्षिक उत्सावका अवसरमा ५ वर्षे राष्ट्रिय रणनीति सार्वजानिक गर्दै मुख्यमन्त्री शर्माले सो कुरा बताउनु भएको हो ।
मुख्यमन्त्री शर्माले भन्नुभयो “दिगो विकासका लक्ष्य र मानव विकास सुचकाङ्कमा कर्णाली धेरै पछाडी छ । त्यसलाई सुधार गरेर कर्णालीमा गुणस्तरिय शिक्षा, गाँउमै भरपर्दो आधारभुत स्वास्थ्य सेवा, गाँउमै रोजगारीका अवसर सहित सामाजिक न्याययुक्त समाज निर्माण गर्ने अठोट लिएका छौँ ।” समृद्ध कर्णाली, सुखारी कर्णालीबासी बनाउने महान अभियानमा सरकार र साझेदार निकायहरुको सहकार्य आवश्यक रहेको बताउँदै आफुहरु काम गर्ने वातावरण सहितको सहयोग गर्ने तयार रहेको समेत मुख्यमन्त्री शर्माले बताउनुभयो ।