onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

विश्व पर्यटन दिवसको अवसरमा रेडियो टाइगरका प्रबन्ध निर्देशक योगी सम्मानित

Sambad ADD long

भुरीगाउँ, बर्दिया : पर्यटन विकास परिषद लुम्बिनी प्रदेश तथा ठाकुरबाबा नगरपालिका बर्दियाद्वारा आयोजित ४४औं विश्व पर्यटन दिवसको अवसरमा रेडियो टाइगरका प्रबन्ध निर्देशक भावुक योगी सम्मानित हुनु भएको छ ।

झण्डै दुई दशकअघिदेखि पत्रकारिता क्षेत्रमा सकृय रहनुभएका योगीले पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमबाट निरन्तर सन्देशमूलक समाचार सम्प्रेषणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै रेडियो टाइगर र र संवाद एफ.एम.का प्रबन्ध निर्देशक, उज्यालो रेडियो नेटवर्कका बर्दिया प्रतिनिधि एवम् नेपाल पत्रकार महासंघ बर्दिया शाखाका उपाध्यक्ष समेत रहनुभएका अनलाइन संवादका प्रधान सम्पादक भावुक योगी आज नगरपालिकाद्वारा सम्मानित हुनुभएको हो ।

ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालको अध्यक्षता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्रि डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा भएको विश्य पर्यटन दिवस कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रि चन्द्रकेश गुप्ताले पत्रकार योगीलाई सम्मानपत्रसहित सम्मान गर्नुभएको हो ।

विगतका वर्षदेखि बर्दिया निकुञ्जसहित आसपासका क्षेत्रमा पर्यटन प्रवद्र्धन तथा ४४औँ विश्व पर्यटन दिवसलाई भब्य रुपमा सफल पार्न प्रकृती, स्थानीय कला संस्कृती प्रर्वद्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोे भन्दै पत्रकार योगीलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत रिजालले बताउनुभयो ।

पत्रकार योगीसंगै बर्दिया राष्ट्रिय निकुञ्जका पुर्व प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापा, स्थानीय कलाकार खगेन्द्र नेपाललाई पनि प्रकृती, संस्कृती वन वन्यजन्तु संरक्षण तथा प्रर्यटन प्रवद्धन र स्थानीय कला संस्कृती जगेर्नामा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको रिजालले बताउनुभयो ।

झन्डै दुई दशकदेखि वन, वन्यजन्तु तथा वातावरण संरक्षण, पर्यटन प्रवद्धन र समाजिक क्षेत्रमा कलम चलाउनुभएका योगीले सात वर्षअघि बाघ संरक्षणमा टेवा पुग्ने उद्देश्यसहित बर्दियाको भुरीगाउँमा रेडियो टाइगर पनि सञ्चालनमा ल्याउनुभएको छ । विभिन्न अभियानमा समाचार सम्प्रेषण गरेबापत बेला–बेला उहाँलाई विभिन्न सघं संस्था तथा कार्यालयले सम्मान गर्दै आएका छन् ।

विक्रम संवत् २०७२ सालको भूकम्पपछि बर्दियामा सुरु गरिएको रक्तदान अभियान र कोभिड–१९ महामारीको समयमा सञ्चारमाध्यमबाट निरन्तर समाचार सम्प्रेषण गरेको भन्दै यसअघि पनि स्वयम्सेवी रक्तदाता समाज बर्दियाको दोस्रो जिल्ला अधिवेशन कार्यक्रममा योगी सम्मानित हुनुभएको थियो ।

७५ औं विश्व स्वास्थ दिवसमा कोभिड–१९ महामारीको समयमा रोकथाम र नियन्त्रणका लागि सञ्चार माध्यमबाट समुदायस्तरमा निरन्तर सन्देशमूलक समाचार सम्प्रेषणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै ठाकुरबाबा नगरपालिकाद्वारा पनि सम्मानित हुनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.