onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बाघको आक्रमणमा मृत्यु भएकी मगरका परिवारलाई राहत रकम हस्तान्तरण

Sambad ADD long

मधुवन, बर्दिया : मधुवन नगरपालिका–३, भग्रैयामा भदौ २२ गते बाघको आक्रमणबाट मृत्यु भएकी कली बंशी मगर भन्ने काली मगर्नीको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । पीडितसंग प्रदेश सरकार राहत कार्यक्रम अन्तरगत एक लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।

लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस लसम्बिनी प्रदेश प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले डिभिजन वन कार्यालय बर्दिया मार्फत् पीडित पक्षका आफन्तलाई नगद हस्तान्तरण गर्नु भएको हो । प्रदेश सरकारबाट पाउने राहत रकम डिभिजन वन कार्यालय मार्फत् क्रमिक रुपमा पाउने प्रदेशसभा सदस्य तिमिल्सिनाले बताउनु भयो ।

उहाँले भन्नुभयो “यो हाम्रो जिम्मेवारी पनि हो । प्रदेश सरकारको अनुरोधमा खाता जैविक मार्ग क्षेत्रमा वडा नम्बर १, २ र ३ का लागि संघीय सरकार र प्रदेश सरकारबाट १०/१० लाख बीमा कार्यक्रम अन्तरगत दिईने छ ।” कार्यविधि तयार नभएकाले कार्यान्वयन नभएको उहाँले बताउनुभयो । रकम उपलब्ध गराउन छिटै पहल हुने समेत उहाँले बताउनुभयो । उहाले भन्नुभयो “तपाईंलाई एक्लो भएको अनुभुती नहोस । मुख्यमन्त्री आर्थिक विकास कोषबाट विपन्नलाई सहयोग गर्न सक्ने खालको कार्यक्रम ल्याउदैछ प्रदेश सरकार । कक्षा १२ सम्म पढ्न जे जति लाग्छ सम्पुर्ण खर्च मेरो ब्याक्तिगत हुने छ ।” संसद तिमिल्सिनाले प्रतिबद्धता गर्नुभयो ।

रकम हस्तान्तरण कार्यक्रममा मधुवन नगरपालिकाका नगर उप–प्रमुख अनिता चौधरी, डिभिजन वन कार्यालय बर्दियाका डिभिजनल बन अधिकृत प्रविण विडारी, वडा अध्यक्षहरु मीन बहादुर थापा, नारायण मल्ल, डिभिजन वन कार्यालय बर्दियाका वन अधिकृतहरु, खाता सामुदायिक वन समन्वय समितिका पदाधिकारीहरु, नेपाल प्रेस युनियन बर्दिया शाखा अध्यक्ष दिपकलाल श्रेष्ठ र स्थानिय भद्रभलादमीहरुको सहभागीता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.