onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा नगरअस्पताललाई सर्पदंश उपचार केन्द्र सञ्चालनको अनुमति

Sambad ADD long

भुरीगाउँ, बर्दिया : स्वास्थ्य मन्त्रालयले बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेको आधारभुत नगर अस्पताललाई सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति प्रदान गरेको छ ।

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले ठाकुरबाबा नगरपालिकामा सञ्चालित आधारभूत नगर अस्पतालमा सर्पदंश उपचार केन्द्र सञ्चालनको अनुमति दिएको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले जानकारी दिनुभयो ।

विषालु सर्पको डसाइबाट बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका ठाकुरबाबा नगरपालिकासहित अन्य पालिकाको गाउँमा वर्षेनी धेरै जना घाइते हुने र अस्पताल टाढा हुँदा समयमै उपचार नपाएर ज्यान जाने अवस्था रहेकोमा अब आधारभूत नगर अस्पतालबाट सर्पदंशको उपचार सुरु भएपछि नगरबासीलाई सहजता हुने नगर प्रमुख लम्सालले बताउनुभयो ।

स्वास्थ्य सेवा विभागले स्वास्थ्य निर्देशनालय, लुम्बिनी प्रदेश र स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लुम्बिनी प्रदेशलाई जानकारी गराउँदै ठाकुरबाबा आधारभूत नगर अस्पताललाई सर्पदंश उपचार केन्द्र सञ्चालनको अनुमति दिएको लम्सालले बताउनुभयो ।

एमबिबिएस डाक्टरसहित चौबिसै घण्टा इमर्जेन्सी सेवा दिन सुरु गरेको ठाकुरबाबा आधारभूत नगर अस्पतालले सर्पदंस उपचार केन्द्र सञ्चालनको लागि अनुमति पाएसंगै अब केही दिनमा उपचार केन्द्र सञ्चालन गर्न आवश्यक थप पुर्वाधार तयार गरि सेवा सुचारु गरिने नगर प्रमुख लम्सालले बताउनुभयो ।

विगत ३ वर्ष अघदेखि नगरपालिकाको वडा नम्बर ३ नेउलापुर गाउँमा झण्डै २ बिगाह क्षेत्रफल रहेको जग्गामा १५ सैयाको नगर अस्पताल भवन निर्माणाधीन अवस्थामा छ । झन्डै ६ महिनामा संरचना निर्माणकार्य सकिने नगरपालिकाले जनाएको छ । ठाकुरबाबा आधारभूत नगर अस्पतालले स्वास्थ्य बीमा बोर्डसंग स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ अनुसार सेवा प्रदान सम्बन्धी सम्झौता गरेर नगर अस्पतालबाट स्वास्थ्य बीमा सेवा समेत सञ्चालन गरि रहेको छ ।

यसअघि ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ मा पर्ने निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको पूर्व–पश्चिम राजमार्गको सैनवार चेक पोष्टमा सर्पदंस उपचार भइरहेपनि बेलाबेला स्नेक भाइल अभाव हुँदा सर्पले डसेका बिरामीलाई भेरि अस्पताल नेपालगञ्ज लैजानु पर्ने बाध्यता रहेको थियोे ।

Leave A Reply

Your email address will not be published.