बर्दिया ठाकुरबाबा नगरपालिकामा आज शोक बिदा
भुरीगाउँ, बर्दिया : भ्रमणबाट फर्किदै गरेको बस बाँकेको शमशेरगन्ज नजिक दुर्घटनामा बर्दिया ठाकुरबाबा नगरपालिकाका ६ जनासहित ७ जनाको ज्यान गएको शोकमा ठाकुरबाबा नगरपालिकाले आज शोक बिदा दिएको छ ।
ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले दुर्घटनामा आफ्नो पालिकाको ९ नम्बर वडाका ५ र ७ नम्बर वडाका १ सहित बस दुर्घटनामा परि ७ जनाको ज्यान गएकोमा पालिकाभर आज एक दिन शोक बिदा दिइएको बताउनुभयो ।
ठाकुरबाबा नगरपालिका ९ को बेतहनी सामुदायिक वन उपभोक्ता समुहको टोलि चढेको बस दाङ भ्रमणबाट फर्किदै गर्दा शुक्रबार राति बाँकेको शमशेरगन्ज नजिक दुर्घटना हुँदा ७ जनाको ज्यान गएको थियो ।
दुर्घटनामा ज्यान गएका सबैको शव पोष्टमार्टम गरि सनिवार बेलुका घर ल्याइएको र अहिले ११ बजे ठाकुरबाबा नगरपालिकाका ६ जनाको शव ठाकुरद्वाराको हात्तिसार घाटमा अन्तिम दाहसंस्कार गरिने जनाइएको छ ।