बर्दिया : लुम्बिनी प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस संसदिय दल लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बर्दिया र बाँकेमा भएको छुट्टाछुट्टै घटनामा परि ज्यान गुमाउनेको परिवारलाई उचित राहत तथा घाइतेहरुको उपचारको लागि प्रदेश सरकारबाट ब्यवस्था गर्न माग गर्नु भएको छ ।
प्रदेशसभा सदस्य तिमिल्सिनाले शोक विग्यप्ती निकाल्दै मृतकको परिवारलाई राहत उचित उपलब्ध गराउन तथा घाइतेहरुको उपचारको ब्यवस्था गर्न माग गर्नु भएको हो । बर्दियाको मधुवन नगरपालिकामा बाघको आक्रमणबाट एक जना महिलाको ज्यान गएको थियो भने बाँकेको सम्सेरगंजमा शुक्रवार राती भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको थियो ।
ठाकुरबाबा नगरपालिकाबाट अवलोकन भ्रमणका लागि दाङ गएर फर्किएको टोलि सवार बस दुर्घटना भएको थियो । दुर्घटनामा परि ५ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने दुई जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।