onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरद्वाराबाट भ्रमणमा गएको बस बाँकेमा दुर्घटना हुँदा ७ जनाकाे ज्यान गयाे, २९ जना घाइते

Sambad ADD long
बर्दिया : पूर्व-पश्चिम राजमार्गमा पर्ने बाँकेको शमशेरगन्ज नजिक  शुक्रबार राति करिव ९ बजेतिर राेकि राखेकाे ट्रकमा बस ठाेक्किएर दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । २९ जना घाइते भएका छन् ।
बर्दिया ठाकुरबाबा नगरपालिका ९ ठाकुरद्वाराकाे बेतहनी सामुदायिक वन उपभोक्ता समुहकाे टाेली दाङ भ्रमणबाट फर्किदै गर्दा शमशेरगन्ज नजिक राजमार्गमा राेकि राखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ना ७ ख २३२१ नम्बरको बस ठाेक्किएर दुर्घटना हुँदा ७ जनाकाे ज्यान गएकाे प्रहरीले जनाएको छ । दुर्घटनामा २९ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा एउटै वडाका ५ जना र चालक, सहचालकसहित ७ जनाकाे ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ का ५० वर्षिय काशिराम थारु, ५५ वर्षिया कस्तुरी थापा, ५० वर्षिया रुपा परियार, ४० वर्षिय जयन्ती थारु, ७२ वर्षिय चानुराम थारु रहेका छन् ।
यसैगरी ठाकुरबाबा नगरपालिका ८ का बस चालक ४५ वर्षिय जुग बहादुर चन्द र करिव ३५ वर्षिय बसका सह-चालक वसन्त भनिनेकाे ज्यान गएको र नाम ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
घाइते २९ जनाकाे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल काेहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये २ जनाकाे अवस्था गम्भीर छ । पूर्व-पश्चिम राजमार्ग अन्तरगत पर्ने बाँकेकाे राप्तीसाेनारी गाउँपालिका-८, शमशेरगन्ज नजिक राजमार्गमा राेकिराखेकाे ट्रकमा बस ठाेक्किदा दुर्घटना भएको हाे । दुर्घटना लगत्तै बसमा सवार घाइतेलाई उद्दार गरि अस्पताल लगिएको थियाे ।
बस भित्रै च्यापिएका केहि यात्रुलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले बसका केही भाग तत्काल काटेर उद्दार गरि अस्पताल पुर्‍याएको थियाे ।
Leave A Reply

Your email address will not be published.