onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

नेपाल रेडक्रस सोसाइटीको ६१औं स्थापना दिवस सम्पन्न

Sambad ADD long

बर्दिया : मनैदेखि सेवा नाराकासाथ नेपाल रेडक्रस सोसाइटीको ६१औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा ठाकुरबाबा नगरपालिका–१, डुम्रेनीमा रहेको नेपाल जुनियर रेडक्रस सर्कल जनचाहना आधारभूत विद्यालयमा कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।

स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी, ठाकुरबाबा उपशाखाको आयोजना र नेपाल युवा रेडक्रस सर्कल चुरे क्याम्पस, बगनाहाको आतिथ्यतामा आयोजित रेडक्रस ज्ञान सम्बन्धि परिचयात्मक कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी बर्दिया शाखाका पूर्व सभापति महेशचन्द्र गौतमले रेडक्रसको स्थापनाको इतिहास, विकासक्रम, रेडक्रसका सिद्दान्त तथा कार्यहरु, जुनियर, युवा रेडक्रस गठन तथा कार्यहरु लगायतका विभिन्न विषयमा जानकारी गराउनु भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा उपशाखा सभापति यज्ञ नेपालको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश महासचिव नवराज ढुंगाना, चुरे क्याम्पस बगनाहाका पूर्व क्याम्पस प्रमुख कृष्ण प्रसाद पौड्याल र नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा उपशाखा उपसभापति बिजया खनालले रेडक्रस अभियानमा युवा विद्यार्थीको महत्वपूर्ण भूमिका रहेको धारणा राख्नु भएको थियो ।

चुरे क्याम्पस बगनाहाका क्याम्पस प्रमुख तथा युवा रेडक्रस संरक्षक रूद्र बहादुर खड्काले स्वागत गर्नुभएको थियो भने चुरे क्याम्पस स्व।वि।यु। अध्यक्ष विश्वास शाहले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा चुरे क्याम्पसमा अध्ययनरत १ सय २५ जना भन्दा बढि विद्यार्थीको सहभागिता रहेको थियो । नेपाल रेडक्रस दिवसकै अवसरमा नेपाल जुनियर रेडक्रस सर्कल जनचाहना आधारभूत विद्यालय डुम्रेनीमा कृत्रिम घटना अभ्यास कार्यक्रम आयोजना गरिएको शिक्षक नायक रिता अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा भूकम्प आउँदा कसरी बच्ने, भूकम्पबाट प्रभावित व्यक्तिहरुको उद्दार र उपचार कसरी गर्ने भन्ने विषयमा विद्यार्थीहरुले जीवन्त प्रस्तुति गरेका थिए ।

नेपाल जुनियर रेडक्रस सर्कल जनचाहना आधारभूत विद्यालय डुम्रेनीका अध्यक्ष गौरब सन्ज्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा उपशाखा सभापति एवं विद्यालयका प्रधानाध्यापक यज्ञ नेपालले यस प्रकारका कार्यक्रमले विद्यार्थीहरुमा मानविय तथा सहयोगी भावनाको बिकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

रेडक्रस दिवसकै अवसरमा नेपाल युवा रेडक्रस सर्कल बबई शिशु मन्दिर माध्यमिक विद्यालय, ठाकुरबाबा ४ बर्गदामा रेडक्रसको परिचय र आवश्यकता सम्बन्धि प्रवचन कार्यक्रम आयोजना गरिएको शिक्षक डम्बर बहादुर भण्डारीले बताउनुभयो । दिवसकै अवसरमा नेपाल रेडक्रस सोसाइटी बारबर्दिया उपशाखाले पनि उपशाखा स्तरीय निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको सभापति श्रीराम चौधरीले बताउनुभयो ।

रेडक्रसका जन्मदाता जाँ हेनरी ड्यूनाले सन् १८६३ मा स्थापना गरेको मानवीय संस्था विक्रम संवत् २०२० भाद्र १९ गते नेपालमा स्थापना भएको दिनको अवसरमा हरेक वर्ष भदौ १९ गतेका दिन नेपाल रेडक्रस दिवस मनाउने गरिन्छ । नेपाल रेडक्रस सोसाइटीको ६१ औं स्थापना दिवस तथा नेपाल रेडक्रस दिवसको अवसरमा नेपाल युवा रेडक्रस सर्कल नेपाल राष्ट्रिय माध्यमिक विद्याल ठाकुरद्वाराको आयोजनामा कक्षा १ र २ का वालवालिकाहरुलाई बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन भ्रमण, कक्षा ३ देखि ५ सम्मका विद्यार्थीहरुका लागि चित्रकला प्रतियोगिता, एवं आधारभूत तह र माध्यमिक तह कक्षा ६ देखि १० सम्मका लागि ञविपदमा विद्यार्थीको भूमिकाु शीर्षकमा वक्तित्व कला प्रतियोगिता आयोजना गरिएको शिक्षक हरिवंश पाण्डेले जानकारी दिनुभयो ।

चित्रकला प्रतियोगितामा २३ जना र बक्तृत़्वकला प्रतियोगितामा १८ जना विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कारसमेत वितरण गरिएको उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.