onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दिया अदालतको सौचालयबाट भागेका कैदी कारगारबाट फेरी फरार

Sambad ADD long

बर्दिया : बर्दिया जिल्लाको कारागार गुलरियाबाट एक जना कैदी भागेका छन् । कर्तब्य ज्यान मुद्धामा जिल्ला अदालतबाट ३० वर्ष सजाय तोकिएर सजाय काटिरहेका कैदी टोपे भनिने अजित बुढा क्षेत्री बर्दिया कारागारबाट भागेका जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हिक्मत बोहोराले जानकारी दिनुभयो ।

कारागार भित्रको भवनको छतमा कट्टु र भेष्ट लगाएर चढेका कैदी बुढा क्षेत्री काँडेतार लगाएको पर्खालमा चढेर आइतबार विहान साढे ३ बजेतिर हाम फालेर भागेको डिएसपी बोहोराले बताउनुभयो । बर्दिया कारागार भित्र रहेका बुढा क्षेत्रीको खोजीका लागि नेपाल भारत सीमावर्ती नाकाका साथै गुलरिया, मधुवन, ठाकुरबाबा लगायतका जिल्लाका आठ वटै पालिकाका ठाउँठाउँमा विहानैदेखि प्रहरी परिचालन गरि खोजतलास भइरहेको उहाँले बताउनुभयो ।

२०७२ साल फागुन ५ गते एक वृद्धको हत्या अभियोगमा भोलिपल्टै पक्राउ परेका ठाकुरबाबा नगरपालिका-८, सुतैया गाउँका टोपे भनिने अजित बुढा क्षेत्री बर्दिया जिल्ला अदालतमा बयानका लागि लगिएका बेला अदालत परिसरकै सौचालयको भेन्टीलेसनबाट २०७२ फागुन ३० गते भागेका थिए । ठाकुरबाबा नगरपालिका ८ सुतैया गाउँका छिमेकी वृद्ध जोरासिँह थापाको हत्या अभियोगमा भोलिपल्टै फागुन ६ गते उनि पक्राउ परेका थिए । अदालत परिसरको सौचालयबाट भागेको साढे ६ वर्षपछि प्ररीले गत वर्ष कार्तिक २१ गते उनलाई घरबाटै पक्राउ गरेको थियो ।

अदालतले उनलाई हत्या अभियोगमा ३० वर्ष कैदको फैसला गरेको थियो । अदालतको सौचालयबाट भागेपछि पक्राउ परेको एक वर्ष नपुग्दै फेरी कारगारबाट उनि भागेका प्रहरीले जनाएको छ । कर्तब्य ज्यान मुद्धामा गत वर्ष कार्तिक २१ गतेदेखि कैद भुक्तान गरिरहेका उनि कारागारबाट आइतबार बिहान साढे ३ बजे भागेका डिएसपी हिक्मत बोहोराले बताउनुभयो । कारागार भित्रैबाट कसरी कैदी भाग्न सफल भए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । वृद्धको हत्या गरि पहिले पनि अदालत परिसरबाट भागेका र अहिले फेरी कारागारबाटै कैदी बुढा क्षेत्री भागेको थाहा पाए लगत्तै गाउँघरमा त्रास फैलिएको स्थानीयले जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.