onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

चुरे पूर्व विद्यार्थीको आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न

Sambad ADD long

काठमाण्डौ : चुरे पूर्व विद्यार्थी परिवार काठमाण्डौको आयोजनामा चुरे माध्यमिक विद्यालय बगनाहाका पूर्व शिक्षक ध्रुब बहादुर शाह र दुर्गा जोशीको उपस्थितीमा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । चुरे माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थी, चुरेमा अध्यापन गराउनु भएका पूर्व शिक्षक र कलाकर योगमाया घर्तीको सहभागितामा तिज विशेष कार्यक्रम सम्पन्न भएको हो ।

चुरे पूर्वविद्यार्थी परिवारका सचिव प्रेम थापाका अनुसार चुरेका पूर्वविद्यार्थी तथा कलाकार योगमाया घर्तीले तिजका गीत गाएर महौल संगीतमय बनेको थियो । चूरेका शिक्षक र पूर्व विद्यार्थी तिजका गीतहरुमा नाचेका थिए । कार्यक्रममा आफ्ना विगत र वर्तमानका अनुभव साटासाट गर्दै नाचगानसहित रमाइलो गरिएको थियो ।

चुरे माध्यमिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुले काठमाण्डौमा चुरे पूर्व विद्यार्थी परिवार गठन गरेर संगठित भई सामाजिक, सांस्कृतिक र सेवाका कामहरु गरिरहेका छन् । चुरे पूर्वविद्यार्थी परिवारले हरेक वर्ष तिज र नयाँ वर्षमा विशेष कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.