online-aama-surachhya-sandesh

सहयोगीदाताद्वारा ठाकुरद्वाराको जेष्ठ नागरिक समाजलाई आर्थिक सहयोग

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका–९, ठाकुरद्वारा निवासी कलम बहादुर बडुवालले ठाकुरद्वारामा रहेको जेष्ठ नागरिक समाजलाई १० हजार १०५ रुपैयाँ सहयोग गर्नु भएको छ । आज जनैपूर्णिमाको विशेष दिनमा आफ्नो पितृको सम्झना तथा सन्तान–सन्ततिको सफल जीवनकालको कामना गर्दै बडुवालले जेष्ठ नागरिक समाजलाई सो रकम सहयोग गर्नु भएको जेष्ठ नागरिक समाज ठाकुरद्वाराका संयोजक जय बहादुर बमले जानकारी दिनुभयो ।

आफू दीर्घरोगी रहेर औषधि उपचारमा रहेता पनि समाजमा रहेका जेष्ठ नागरिकहरुको समूहमा केही राहत पुग्ने हेतुले आज विशेष दिनमा जेष्ठ नागरिक समाजालाई आर्थिक सहयोग गरेको सहयोगी दाता बडुवालले बताउनुभयो । ठाकुरद्वारा मन्दिर परिसरमा जेष्ठ नागरिक समाज ठाकुरद्वाराको कार्यालय रहेको छ । ठाकुरद्वारा क्षेत्रका जेष्ठ नागरिकहरु सोहि स्थानमा भेला भएर भजनकीर्तन गर्ने, पुस्तक पढ्ने लगायतका कार्यहरु दैनिक रुपमा गर्दै आइरहेको जेष्ठ नागरिक समाज ठाकुरद्वाराका संयोजक बमले जानकारी दिनुभयो ।

जेष्ठ नागरिक समाज ठाकुरद्वाराको व्यवस्थापनका लागि ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ को कार्यालयले समेत आर्थिक तथा अन्य सहयोग गर्दै आइरहेको ठाकुरद्वारा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रुद्र बहादुर खड्काले बताउनुभयो । जन्मदिनकै अवसरमा ठाकुरबाबा नगरपालिका–३ का लोकहरि खनालले गौशालाको व्यवस्थापनका लागि ५ हजार १५५ रुपैयाँ सहयोग गर्नु अध्यक्ष खड्काले जानकारी दिनुभयो । कर्म मात्र ठुलो नभई धर्म गर्नुले पनि आत्मसन्तुष्टि मिल्ने भएका कारण गौशालालाई सहयोग गरेको सहयोगीदाता लोकहरी खनालले बताउनुभयो । रकम सहयोग गर्नुभएका सहयोगीदाता खनाललाई ठाकुरद्वारा मन्दिर व्यवस्थापन समितीका अध्यक्ष रुद्र बहादुर खड्काले गाई व्यवस्थापनमा सहयोग गरेकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो ।

ठाकुरद्वारा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खड्काले सबैले आ–आफ्नो स्थानबाट गौशालाको लागि सहकार्य गर्न आग्रह गर्नुभयो । सबैको सहकार्यले जटिल कार्यपनि सरल हुने बताउँदै युवाहरुले गरेको कार्यले अरुलाई पनि हौसला पुग्ने उहाँले बताउनुभयो । धार्मिक, ऐतिहासिक तथा पुरात्वात्तिक महत्व बोकेको ठाकुरद्वारा मन्दिर परिसरमा सञ्चालित गौशालामा रहेका गाईहरूको अवस्था दयनीय देखिएपछि गाईको रक्षाकालागि गाई बचाउ अभियान समेत सुरुवात गरिएको छ ।

Leave A Reply

Your email address will not be published.