online-aama-surachhya-sandesh

गौशालाको गाई संरक्षणमा युवाहरुको सकृयता

जन्मदिन लगायतका विशेष अवसरमा सहयोग गर्नेक्रम बढ्दो

Sambad ADD long

हरिवंश पाण्डे/ठाकुरद्वारा, बर्दिया : ठाकुरबाबा नगरपालिका-९, ठाकुरद्वाराका स्थानीय युवाहरुको समूहले गाई बचाउ अभियान सुरु गरेका छन् । धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको ठाकुरद्वारा मन्दिर परिसरमा संचालित गौशालामा रहेका गाईहरूको अवस्था दयनीय देखिएपछि गाईको रक्षाकालागि गाई बचाउ अभियान सुरुवात गरिएको हो ।

ठाकुरबाबा नगरपालिका-९, ठाकुरद्वाराका रमेश थापाको नेतृत्वमा अभियानको सुरुवात गरिएको छ । अभियान अन्तरगत गौशालाको सरसफाई तथा पशु चिकित्सकको सहयोगमा गाईहरूको औषधी उपचार र गाईहरुलाई आवश्यक खाद्यन्नको व्यवस्थापन गरिएको छ । मन्दिर परिसरमा छाडा गाईहरूको व्यवस्थापनका लागि संचालित गौशालामा अहिले पचास वटा भन्दाबढी गाईहरू रहेका छन् ।

पछिल्लो समय देशैभरी जनावरमा फैलिएको लम्पी स्किन रोगबाट गौशालामा रहेका गाईहरु पनि प्रभावित भएका छन् । गौशालामा रहेका गाईहरुको दयनीय अवस्था देखेपछि आफूहरु गाई बचाउ अभियानमा अघि बढेको अभियानको नेतृत्व गर्नुभएका थापाले बताउनुभयो । थापाका अनुसार पछिल्लो समयमा गौशालाको लागि सहयोग गर्ने हातहरु बढी रहेका छन् । जन्मदिन लगायतका विशेष अवसरमा गौशालामा रहेका गाईहरुको व्यवथापन तथा खाध्यन्नकालागी आर्थिक तथा भौतीकवस्तुको सहयोग गर्नेक्रम बढेको छ ।

युवाहरुको समूहले उदाहरणीय कार्य गरेको भन्दै ठाकुरद्वारा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रुद्र बहादुर खड्काले सबैले आ-आफ्नो स्थानबाट गौशालाको लागि सहकार्य गर्न आग्रह गर्नुभयो । सबैको सहकार्यले जटिल कार्यपनि सरल हुने बताउँदै युवाहरुले गरेको कार्यले अरुलाई पनि हौसला पुग्ने उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.