online-aama-surachhya-sandesh

पर्यटनमन्त्री किरातीलाई पितृशोक

Sambad ADD long

काठमाण्डौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । उहाँका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा उपचारका क्रममा आज बिहान वीर अस्पतालमा निधन भएको मन्त्री किरातीको सचिवालयले जनाएको छ ।

उहाँको पार्थिव शरीर आजै पुर्ख्यौली घर भोजपुरको ओख्रे गाउँ लैजाने तयारी भइरहेको पनि निजी सचिवालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.