onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा नगर कार्यपालिका सदस्य सावित्रा थापाद्वारा गौशाला र अनाथलाई सहयोग

Sambad ADD long

भुरीगाउँ, बर्दिया : जन्मोत्सवको अवसरमा बर्दिया ठाकुरबाबा नगर कार्यपालिका सदस्य सावित्रा थापाले गौशालामा अन्न र अनाथ २ जना विद्यार्थीलाई स्टेसनरी सहयोग गर्नु भएको छ । जन्मदिनका अवसरमा हुने फजुल खर्च सामाजिक कार्यमा सहयोग गर्दा सन्तुष्टि प्राप्ति हुने बताउँदै ठाकुरबाबा नगरपालिकाकी कार्यपालिका सदस्य सावित्रा थापाले आफ्नो जन्मोत्सवको अवसरमा गौशालामा रहेका गाईहरुलाई अन्नको लागि रकम र अति विपन्न तथा अनाथ २ जना विद्यार्थीलाई स्टेसनरी सामाग्री सहयोग गर्नुभएको हो ।

आफ्नो ४६ औं जन्मोत्सवको अवसरमा उहाँले ठाकुरबाबा नगरपालिका वडा वम्बर ९ ठाकुरद्वारामा रहेको गौशालामा रहेका गाईहरुको दाना पानीका लागि ५ हजार ५ सय ५५ रुपैयाँ मन्दिर व्यवस्थापन समितीका सचिव रमेश खत्रीलाई हस्तान्तरण गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रुद्र बहादुर खड्काले जानकारी दिनुभयो । यसैगरि वडा नम्बर ९ ठाकुरद्वाराको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा कक्षा ६ मा अध्यायनरत अति विपन्न तथा अनाथ बालिका रितु विक र रिता विकलाई २ हजार बराबरको स्टेसनरी सामाग्री पनि सहयोग गर्नु भएको छ ।

ठाकुरबाबा मन्दिर छेउमा रहेको गौशालामा अहिले ५५ वटा गाईहरुलाई व्यवस्थापन गरि राखिएको छ । उहाँले विलासी बस्तुको प्रयोगले केहि छिनको मात्र रमाईलो हुने र क्षणिक रमाईलो भन्दा पनि आफुलाई धार्मिक कार्यले सन्तुष्ट मिलेको बताउँदै यस्तो सहयोग गरेको बताउनुभयो । उहाँले अहिले पछिल्लो समयमा गाईलाई दुध दिने बेलालासम्म स्याहार संहार गरे पनि आवश्यकता परेको बेलाला मात्र पाल्ने र पछि जथाभावि रुपमा गाईहरुलाई छाडा गर्नुले गाई व्यवस्थापनमा समस्या भएको खण्डमा आफुले सहयोग गरेको गर्व लागेको बताउनुभयो ।

त्यसैगरि व्यसहारा बालिकाहरुका लागि केहि सहयोग गर्न पाएकोमा खुसी लागेको बताउनुभयो । उहाँले गरेको कामलाई उदाहरणीय काम भएको भन्दै ठाकुरबाबा नगरपालिकासहित विभित्र क्षेत्रका बासिन्दाले सामाजिक संजाल मार्फत शुभकामना दिँदै प्रशंसा गरेका छन् ।

Leave A Reply

Your email address will not be published.