onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

शिक्षा ऐनमा विगतका सहमति नसमेटिएको विरोधमा पालिकास्तरमा धर्ना

Sambad ADD long

भुरीगाउँ, बर्दिया : नेपाल शिक्षक महासंघ, ठाकुरबाबा नगर कमिटिले ठाकुरबाबा नगरपालिकाको कार्यलयमा भर्ना कार्य सम्पन्न गरेको छ । नेपाल शिक्षक महासंघ र नेपाल सरकारबिच शिक्षा क्षेत्रको विकास र शिक्षकका पेसागत मुद्दाहरुसंंग सम्बन्धित बिगतमा गरिएका सहमतिहरु प्रस्तावित शिक्षा ऐनमा समावेश नगरिएको बिरोधमा नेपाल शिक्षक महासंघको आह्वानमा गरिएको पहिलो चरणको पालिका स्तरीय धर्ना तथा विगतका सम्झौता सहितको जानकारी पत्र पालिकामा बुझाउने कार्यक्रम ठाकुरबाबा नगरपालिका सहित देशभरका पालिकाहरुमा आइतबार सम्पन्न भएको हो ।

ठाकुरबाबा नगरपालिकामा आयोजित कार्यक्रममा नेपाल शिक्षक महासंघ ठाकुरबाबाका अध्यक्ष बामदेव ढकालले प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजाललाई जानकारी पत्र हस्तान्तरण गर्नु भएको थियो । जानकारी पत्र ग्रहण गर्दै प्रमुख प्रशासकिय अधिकृत रिजालले महासंघले उठाएका जायज मागहरु प्रस्तावित ऐनमा समावेश हुनु पर्ने धारणा राख्नुभयो ।

धर्ना कार्यक्रममा नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश महासचिव यज्ञ नेपाल, नेपाल शिक्षक महासंघ लुम्बिनी प्रदेश उपमहासचिव नवराज ढुंगाना, नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेश सदस्य शंकर शाहि, एकिकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दियाका अध्यक्ष केशवराज तिमिल्सैना, नेपाल शिक्षक संघ बर्दियाका उपाध्यक्ष लक्ष्मी पौडेल र नेपाल राहत शिक्षक समिति बर्दियाका बरिष्ठ उपाध्यक्ष अशोक सिग्देलले सम्वोधन गर्दै प्रस्तावित शिक्षा ऐनमा शिक्षक महासंघसँग विगतमा गरिएका ५१ बुँदे र ३० बुँदे सहमति समावेश गरी शिक्षा क्षेत्रको विकासका साथै स्थायी,अस्थायी,राहत,अनुदान,निजी,वालविकास शिक्षक तथा विद्यालय कर्मचारीका माग सम्बोधन गर्न आग्रह गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.