online-aama-surachhya-sandesh

कर्णाली नदी बस्तीमा पस्ने जोखिम, सतर्कता अपनाउन आग्रह

Sambad ADD long

टीकापुर, कैलाली : टीकापुर नगरपालिका–५, टीकापुर पार्क नजिक कर्णाली नदीले कटान तीव्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको छ । पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुर नगरपालिकाको वडा नम्बर ५ देखि वडा नम्बर ९ सम्मका पूरै वडाहरु डुबान तथा कटानमा पर्ने देखिएको हो ।

नदी कटान तीव्र भएपछि शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार तथा विकास मन्त्री प्रकाशबहादुर देउवा, आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टलगायतको टोलीले कटान क्षेत्रको अनुगमन गरेको छ । मुख्यमन्त्री शाहले नदी नियन्त्रणका लागि सूदुरपश्चिम प्रदेश सरकारले सक्दो पहल गर्ने जानकारी दिनुभयो ।

नदी बस्तीमा पसेमा हजारौं परिवारको उद्धार गर्नुपर्ने, हजारौं बिघा धानबाली नष्ट हुने खतरा बढेपछि बस्ती जोगाउन जैविक तटबन्ध गरिने भएको छ । टीकापुर नगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सहयोगमा स्थानीयलाई परिचालन गरी जैविक तटबन्ध गर्ने निर्णय गरेको छ । नदी कटान तीव्र हुँदा सिँचाइ आयोजनाले कर्णाली नदीका केही स्थानमा ठूला ढुङ्गा सहितको तटबन्धका लागि ठेक्का दिएको थियो ।

Leave A Reply

Your email address will not be published.