online-aama-surachhya-sandesh

बबई नदिको कटान र डुबान क्षेत्रको अनुगमन (फोटो फिचर)

डुबान क्षेत्रका खोला–नालामा पानी घटेपछि नगरपालिकाले जेसिभि लगाएर सरसफाई गर्ने

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाका जनप्रतिनिधी तथा बर्दिया राष्ट्रिय निकुञ्ज र बबई सिंचाई आयोजनाका प्रतिनिधिसहितको टोलीले बबई नदिको कटान र डुबान क्षेत्रको अनुगमन गरेको छ । ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ३ र ४ को सिमानामा पर्ने बबई नदिले गरेको कटान रोक्न तथा विशेषगरी बाढिका कारणले डुबान हुने वडा नम्बर १, २, ६, ७, ८ र ९ का विभित्र क्षेत्रमा संयुक्त अनुगमन गरिएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट प्रवेश गर्ने नदि तथा खोलाहरुले वर्षेनी हुने डुबान नियन्त्रण र व्यवस्थापनका लागि बर्दिया राष्ट्रिय निकुञ्ज, बबई सिंचाई आयोजनाका प्रतिनिधि, इलाका प्रहरी कार्यालय बगनाहा भुरीगाउँका इन्स्पेक्टरसहित बबई नदिको कटान क्षेत्र, तलबेलुवा खोला, बोक्सी नाला, गिठे खोला लगायतका स्थानहरूमा ठाकुरबाबा नगर प्रमुख तिलकराम लम्साल, उपप्रमुख बिना कुमारी भट्टराईसहित निकुञ्जका सहायक संरक्षण अधिकृत र सम्बन्धित वडाका वडा अध्यक्षको टोलीले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा डुबान हुने क्षेत्र निकुञ्ज किनारमा रुखहरु व्यवस्थापन गर्ने, डुबान हुने ठाउँका खोला तथा नाला सरसफाई गर्ने संयुक्त सहमति भएको छ । स्थलगत अनुगमनका क्रममा पुग्नुभएका नगर प्रमुख लम्सालले डुबान क्षेत्रका खोला–नालामा पानी घटेपछि नगरपालिकाले जेसिभि लगाएर खोला तथा नालाका रुख र झाडि हटाउने र नालालाई गहिरो बनाउने जानकारी दिनुभयो । यस्तै साउन २२ गते आएको बाढीले डुबान प्रभावित गाउँबाट उद्दार गरिएका परिवारहरुसंग ठाकुरबाबा नगर प्रमुख लम्साल र उपप्रमुख बिना कुमारी भट्टराईले भेटघाट गरि उहाँहरुको अवस्थाबारे जानकारी लिनु भएको र आवश्यक खाद्यान्नहरु वडाबाटै व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ ।

प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजाल, वडा अध्यक्ष, वडा सदस्य, निकुञ्ज प्रशासनका कर्मचारी, उद्योग बाणिज्य संघ लगायतको टोलीले वडा नम्बर १ अन्तरगत निकुञ्ज भित्र पर्ने तलवेलुवा खोलाको अनुगमन गरेको छ । ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत, बबई सिंचाई आयोजनाका कर्मचारीसहित वडा अध्यक्ष, वडा सदस्यहरुको सहभागितामा कटान क्षेत्र वडा नम्बर ३ को बबई नदि, डुबान क्षेत्र, नगरपालिकाका विभित्र वडाका गाउँमा स्थलगत अनुगमन गरिएको हो ।

अनुगमन गर्दाका केही तस्बिरहरू :

Leave A Reply

Your email address will not be published.