online-aama-surachhya-sandesh

लैङ्गिक रुपान्तरणका लागि सुरक्षित विद्यालय विषयक कार्यशाला सम्पन्न

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका-९, ठाकुरद्वारामा बालविवाह न्यूनीकरण परियोजना अन्तरगत लैङ्गिक रूपान्तरण तथा सुरक्षीत विद्यालय ढाँचा विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बी-ग्रुप) बाँकेको साझेदारीमा कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालयमा अध्ययनरत छात्र-छात्राको बीच सामाजिक रुपमा हुँदै आएको विभेदलाई न्यूनिकरण गर्ने तथा छात्राहरुको गुणस्तरीय शिक्षा प्राप्तगर्ने अधिकारलाई सुनिश्चित गर्ने उद्देश्यले २ दिने कार्यशालाको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । विद्यालयमा हुन सक्ने सबै किसिमका सुरक्षा चुनौती र हिंसाबाट छात्राहरुलाई सुरक्षित राख्नका साथै भय रहित र बालमैत्री शिक्षण सिकाईको थलो निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बी-ग्रुप बाँकेकी फिल्ड सुपरभाइजर बिमला रावतले जानकारी दिनुभयो ।

विद्यार्थीहरुले समाज र विद्यालयमा सामना गरिरहेका हिंसाहरुको अन्त्यका लागि परिवार, समुदाय र विद्यालय बीचमा आपसी सहकार्य र समन्वयको विकास गर्न प्रधानाध्यापकहरुमा आवश्यक पर्ने नेतृत्व र व्यवस्थापन सिपको विकासमा सम्पन्न कार्यशालाले सहयोग पुर्‍याउने कार्यक्रमका प्रशिक्षक जित बहादुर शाहले बताउनुभयो । कार्यक्रमका सहभागीहरूले लैङ्गिक विभेद न्यूनिकरण, महिला सशक्तिकरणका साथै बालमैत्री शिक्षण सिकाईमा मद्दत पुग्ने बताएका छन् ।

दुई दिनसम्म संचालन भएको कार्यक्रममा ठाकुरबाबा नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकाको विभिन्न विद्यालयका प्रधानाध्यापक तथा ठाकुरबाबा नगरपालिकामा कार्यरत शिक्षा सुपरिवेक्षकद्वय नन्दराम अधिकारी र नवराज ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.