onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

निकुञ्ज र होमस्टे डल्ला जाने ओराही कुस्मिया पुल किनार भत्किदा आउजाउ बन्द

Sambad ADD long

मधुवन, बर्दिया : गुलरिया – राजापुर हुलाकी सडक खण्ड अन्तरगत मधुवन नगरपालिकाको ओराली बजारबाट बर्दिया राष्ट्रिय निकुञ्ज र जैविक मार्ग डल्ला होमस्टे जाने सडकखण्डको ओराही कुस्मिया पुल किनारको सडक भत्किदा सवारीसाधन आउजाउ अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढिले ओराही कुस्मिया पुलको सडक किनार भत्किएपछि आउजाउ अवरुद्ध भएको हो ।

हुलाकी सडकदेखि जैविक मार्ग होमस्टे डल्ला र बर्दिया राष्ट्रिय निकुञ्ज पुग्ने अम्मरपुरको ओराही कुस्मिया खोलामा रहेको पुलअघिको सडक भत्किएपछि आवागमनमा समस्या भएको स्थानीय एवम् खाता समन्वय समिति बर्दियाका अध्यक्ष हरि गुरुङ्गले बताउनुभयो । अटोरिक्सा र अन्य सवारीसाधन आउजाउ बन्द छ । पुलको सडक किनार भत्किएको छ । पुलमै जोडिएको सडक हरेक वर्ष वर्षाको समयमा भत्किने र मर्मत गरेपछि मात्रै सुचारु हुनेगर्छ ।

मधुवन नगरपालिका १ को अम्मरपुरको कुस्मिया पुलसँगै जोडिएको सडक मर्मत गरि दिर्घकालिन रुपमा समस्या समाधान गर्नुपर्ने स्थानीयको माग छ ।हुलाकी सडक ओराली बजारदेखि जैविक मार्ग होमस्टे डल्ला, बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वारा जोड्ने सडकमा ओेराही कुस्मिनिया पुलअघिको सडक भत्किँदा आवागमन ठप्प भएपछि पर्यटकीय आवागमनमा समेत असर पुगेको मधुवन नगरपालिका वडा नम्बर १ का अध्यक्ष मीन बहादुर थापाले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.