बर्दियाको गेरुवा नदिमा हाम फालेका एक जना बेपत्ता, खोजी कार्य जारी

मधुवन, बर्दिया : नेपालकै सबैभन्दा लामो पुल भनेर चिनिने कर्णाली नदिको भंगालो बर्दियाको कोठियाघाट स्थित गेरुवा नदिको पुलबाट एक जनाले हाम फालेका एक जना बेपत्ता भएका छन् । गेरुवा नदि किनारमा माछा मारिरहेकाहरुले एक जना पुरुषले पुलबाट नदिमा हाम फालेको देखेर प्रहरीलाई खबर गरेको खाता समन्वय समितिका अध्यक्ष हरि गुरुङ्गले जानकारी दिनुभयो ।
अन्दाजी ५५ देखि ६० वर्ष उमेरका पुरुषले पुल माथिबाट नदिमा हाम फालेको भन्ने स्थानीयले प्रहरीलाई खबर गराएपछि तत्काल प्रहरी पुग्दा बगिरहेको देखिएपनि उद्दार गर्न नसकिएको र अहिले नेपाल प्रहरी, शसस्त्र प्रहरी सहितको टोलिले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हिक्मत बहादुर बोहोराले बताउनुभयो ।
पुल माथिबाट हाम फाल्ने व्यक्ति को हुन्, कहाँबाट आएका हुन् केही नखुलेको र अवस्था अज्ञात रहेकाले नेपाल–भारत सिमा नजिक खटिएका प्रहरीसंग पनि समन्वय भइरहेको डिएसपी बोहोराले जानकारी दिनुभयो ।