बर्दिया : अविरल वर्षापछि बाढीका कारण बर्दियाको धेरै क्षेत्र डुवानमा परेको छ ।बबई नदीमा बाढीको जलस्तर बढेपछि बाढी गाउँबस्तीमा पस्ने खतरा छ । बाढीबाट प्रभावित भएकाहरुलाई साँझ विहान के खाने भन्ने चिन्ता छ भने कतीपयलाई बाढीले बगाएर ल्याएको दाउरा समात्ने चटारो छ । गुलरिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका लगायतका पालिकाहरुमा केहि स्थानीयबासीन्दाहरु जोखिम मोलेर बबई नदि, गेरुवा नदि तथा औराही खोलामा माछा मार्न र बगेर आएका काठ दाउरा छोप्न ब्यस्त छन् ।
आज दिउँसोसम्म नदी नटिय क्षेत्रका स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको भएपनि स्थानीयहरु जोखिम मोलेर नदि तथा खोला किनारमा माछा मार्न र नदीले बगाएर ल्याएका दाउरा संकलन गर्न पुगेका हुन् । गुलरिया, बारबर्दिया, ठाकुरबाबा, मधुवन नगरपालिका लगायतका विभिन्न क्षेत्रमा रहेका गेरुवा नदि, बबई नदी, औराही खोलासहित स्थानीय खोलामा बाढी आउँदा पनि स्थानीयहरु जोखिम मोलेर माछा मार्न र दाउरा संकलन गर्न तटीय क्षेत्रमा जम्मा भएका जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हिक्मत बोहोराले बताउनु भयो ।
जिल्ला प्रशासन कार्याल र पालिकाले बाढीले बगाएर ल्याएका दाउरा संकलन गर्न नदि किनारमा नजान र माछा मार्न पनि नजान स्थानीयलाई आग्रह गरेपनि उनीहरू दाउरा तान्न र माछा मार्न व्यस्त देखिन्छन् । कर्णाली नदिको भंगालो गेरुवा नदिको कोठियाघाटमा माछा मार्दैछन् भने बबई, ओराही, गेरुवा लगायतका नदि र खोलामा बगेर आएका काठ दाउरा संकलन गर्न स्थानीयहरु ब्यस्त छन् ।
तस्वीरमा हेनुहोस् :
तस्वीर सौजन्य : बखत खड्का
तस्वीर सौजन्य : हरी गुरुङ्ग