online-aama-surachhya-sandesh

नदितटिय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन ठाकुरबाबाको आग्रह

Sambad ADD long

भुरीगाउँ, बर्दिया : लगातार परेको अविरल वर्षाका कारण स्थानीय खोला नालामा पानीको सतह बढ्दै गएपछि नगरबासीलाई सतर्क रहन ठाकुरबाबा नगरपालिका प्रशासनले आग्रह गरेको छ । अविरत वर्षाका कारण नगरपालिकाका विभिन्न गाउँहरु डुवानमा परेका छन् भने कैयौं गाउँबस्तीहरु डुबानको सम्भावित जोखिममा रहेका छन् । नगरपालिकाले सूचना प्रकाशित गर्दै नगरबासीहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको हो ।

सोमबार बिहान देखिनै परेको वर्षाका कारण बबई, औराही, तलबेलुवा, गिठे लगायतका नदी तथा खोलामा पानीको बहाब उच्च हुँदै गएकाले नगरबासीहरुलाई सतर्कता अपनाउन नगर प्रशासनले आग्रह गरेको हो । नगरपालिकाका विभिन्न वडाका गाउँका केही घरहरुमा पानी पसेको नगरपालिका प्रशासनले जनाएको छ । डुबान भएका र बाढि पस्ने क्षेत्रमा उद्दारका लागि नगरपालिकाबाट नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य, स्थानीय समाजसेवीसहित स्थानीयबासिन्दाहरु उद्दारका लागि खटिएका छन् ।

नदी तथा खोलामा पानिको बहाब उच्च हुँदै गएकाले जुनसुकै समयमा पनि नदीको तटीय क्षेत्रमा जोखिम सृजना हुन सक्ने सम्भावना देखिएकाले सो क्षेत्रमा बसोबास गर्ने नगरबासीहरुलाई सजग रहन आग्रह गरिएको छ । नदी क्षेत्रमा माछा मार्नका लागि जाल ताप्न वा दाउरा संकलन गर्ने काम नगर्न समेत नगर प्रशासनले आग्रह गरेको छ ।

केहि समस्या परेमा नगर प्रमुख तिलकराम लम्साललाई ९८५८०२७३८०, नगर उपप्रमुख बिनना कुमारी भट्टराईलाई ९८४८०७०८३०, प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजाललाई ९८५१२५३३५१ र विपद् फोकल पर्सन इन्द्र बहादुर राजवंशीलाई ९८५८०२५००२मा सम्पर्क गर्न वा नजिकको सुरक्षा निकायलाई जानकारी गराउन अनुरोध गरिएको छ ।

Leave A Reply

Your email address will not be published.