मंगलबार मनसुन शुरु भएपछिको अहिलेसम्मकै धेरै वर्षा
काठमाण्डौ : यो वर्ष मनसुन शुरु भएसंगै मंगलबार अहिलेसम्मकै धेरै वर्षा भएको छ । दुई दिन देशैभर भारीदेखि अति भारी वर्षा हुने मौसमविद् गोविन्द झाले बताउनुभयो ।
मौसमविद् झाका अनुसार आज (मंगलबार) र भोली देशैभर भारीदेखि अति भारी वर्षा हुनेछ भने पर्सीदेखि केही साम्य हुनेछ । पर्सि पनि कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा कायमै रहनेछ भने अन्य प्रदेशमा भने केही कम हुने मौममविद् झाले जानकारी दिनुभयो ।
पछिल्लो १२ घण्टामा धनुषामा सबैभन्दा धेरै २५९ मिलिमिटर वर्षा भएको छ । यस्तै सिन्धुलीमा २४५, बारामा २३०, बाँकेको कुसुममा २०३ र काठमाण्डौमा ७५.६ मिलिमिटर वर्षा भएको छ। वर्षा भएसँगै मधेश प्रदेशका किसानलाई भने राहत मिलेको छ।