online-aama-surachhya-sandesh

व्यवसाय रहेको स्थानमा मूल्यसूची राख्न ठाकुरबाबा नगरपालिकाको निर्देशन

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका सबै फर्म तथा व्यवसायका सञ्चालकहरुलाई मालवस्तु तथा सेवाहरुको अनिवार्य रुपमा मूल्य सूची राख्न निर्देशन दिएको छ । नगरपालिकाले सूचना जारी गर्दै उपभोक्ताहरुले देख्नेगरी मूल्य सूची राख्न निर्देशन दिएको हो ।

निमित्त प्रमुख प्रशासकिय अधिकृत सुदीप सिंह सुनारद्वारा हस्ताक्षरित सूचनामा नगरपालिकाभित्र सञ्चालनमा रहेका सबै फर्म तथा व्यवसायका सञ्चालकहरुलाई सूचना प्रकाशन भएको मितिले तीन दिनभित्र फर्म, व्यवसाय रहेको स्थानमा सबैले प्रष्ट देख्ने गरी मूल्य सूची लगायतका कागजातहरु राख्न निर्देशन दिइएको छ ।

निमित्त प्रमुख प्रशासकिय अधिकृत सुदीप सिंह सुनारद्वारा हस्ताक्षरित सूचनामा नगरपालिकाभित्र सञ्चालनमा रहेका सबै फर्म तथा व्यवसायका सञ्चालकहरुलाई सूचना प्रकाशन भएको मितिले तीन दिनभित्र फर्म, व्यवसाय रहेको स्थानमा सबैले प्रष्ट देख्ने गरी मूल्य सूची लगायतका कागजातहरु राख्न निर्देशन दिइएको छ । फर्म तथा व्यवसाय रहेको स्थानमा मालबस्तु तथा सेवाहरुको मूल्य सूची, फर्म तथा व्यवसायको दर्ता प्रमाणपत्र र पान तथा भ्याट दर्ताको प्रमाणपत्र सबैले प्रष्ट देख्ने गरी राख्न भनिएको हो ।

सूचना प्रकाशन भएपछि पनि अटेर गरी कागजातहरु नराख्ने फर्म तथा व्यवसायका सञ्चालकहरुलाई कानून बमोजिम कारबाही गरिने नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुहोस् सूचना :

Leave A Reply

Your email address will not be published.