onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

जाजरकोटको प्रजिअको जिम्मेवारी सुरेश सुनारलाई

Sambad ADD long

जाजरकोट : जाजरकोटको प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को जिम्मेवारी उपसचिव सुरेश सुनारले पाउनु भएको छ । यसअघि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहनु भएका उपसचिव राम कुमार महतोको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएपछि जाजरकोट प्रमुख जिल्ला अधिकारी विहिन भएको थियो ।

साउन ८ गतेसम्म महतो जाजरकोटको प्रजिअ हुनुहुन्थ्यो । महतोको मन्त्रालयमा सरुवा भएकाले उहाँको ठाउँमा सुनारलाई पठाइएको हो । जाजरकोटको प्रमुख जिल्ला अधिकारी भएर आउनु भएका सुनारले देशकै कान्छो प्रजिअको परिचय समेत बनाउनु भएको छ । सुनार पछिल्लो समय गृह मन्त्रालयमा कार्यरत हुनुहुन्थ्यो । उहाँले यसअघि बर्दियाको ठाकुरबाबा नगरपालिका र गुलरिया नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत, डोल्पा र बझाङमा प्रमुख जिल्ला अधिकारी तथा मोरङ र बाँकेमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा काम गर्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी सुनार जाजरकोटकै स्थानीय भएकाले उहाँको कार्यकालमा जिल्लाले थप परिवर्तनको महशुस गर्नेमा स्थानीय आशावादी रहेका छन् । प्रजिअ सुनार जाजरकोटको भेरी नगरपालिकाका स्थानीय हुनुहुन्छ ।

Leave A Reply

Your email address will not be published.