onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा नगरपालिकाद्वारा अपाङ्गता भएकालाई परिचयपत्र वितरण

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गरेको छ । अपाङ्गता भएका व्यक्ति सरकारी सेवाबाट वञ्चित हुन नपरोस भनेर परिचयपत्र वितरण गरिएको नगर उपप्रमुख बिना कुमारी भट्टराईले बताउनुभयो । नगरपालिकाले अपाङ्गता भएका व्यक्तिको जीवन सहजताका लागि ठाकुरबाबा नगरपालिकाबाट मासिक रूपमा बैठक बसि परिचय पत्र वितरण, सहायक सामाग्री वितरण, रातो कार्ड भएकाहरूको निःशुल्क बीमा जस्ता कार्य नियमित रूपमा गर्दै आइरहेको नगर उपप्रमुख भट्टराईले जानकारी दिनुभयो ।

गत वर्ष २०७९ जेठ देखि २०८० जेठ मसान्तसम्ममा जम्मा १०६ जनाले परिचयपत्र प्राप्त गरेको नगरपालिका स्रोतले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा पहिलो छनोट शिविरमा परिचयपत्र प्राप्तिका लागि निवेदन दिएकाहरू मध्ये अधिकांश प्रेसरका कारणले पक्षघातका विरामी भएको देखिएको भट्टराईले जानकारी दिनुभयो । पक्षघातबाट बिरामी भएकाहरुलाइृ पायक पर्ने स्वास्थ्य केन्द्रमा नियमित रूपमा स्वास्थ्य चेकजाँच गराउन, स्वास्थ्य बीमा गराई उपचार खर्चबाट जोगिन तथा खानपिनमा सजगता अपनाउन उपप्रमुखले आग्रह समेत गर्नुभयो ।

अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी अपाङ्गता पहिचान गर्दै परिचयपत्र वितरण गरिएको हो । आइतबार भएको कार्याक्रममा अपाङ्गता भएका ९ जना व्यक्तिहरुलाई परिचयपत्र वितरण गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख गोगनसरा आचार्यले जानकारी दिनुभयो । ठाकुरबाबा नगरपालिका, स्थानीय अपाङ्ग समन्वय समितिको बैठकले अपाङ्गता परिचयपत्रका लागि निवेदन दिएका १५ जना व्यक्तिहरूको परिक्षण गरी त्यसमध्ये ९ जनालाई विभिन्न श्रेणीको परिचयपत्र वितरणका लागि छनौट गरेको थियो ।

निवेदन दिएका १५ जनाबाट छनौट भएका ९ जना मध्य पूर्ण अशक्त भएका ३ जनालाई रातो कार्ड (क वर्ग), अति अशक्त भएका ५ जनालाई निलो कार्ड (ख वर्ग) र सामान्य अपाङ्गता भएका १ जनालाई (ग वर्ग) पहेँलो कार्ड वितरण गरिएको छ ।

Leave A Reply

Your email address will not be published.