onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

सकारात्मक सिकाईका लागि अभिमुखिकरण तालिम

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा बालविवाह न्यूनिकरण परियोजना अन्तरगत सकारात्मक सिकाईका लागि उपर्युक्त वातावरण निर्माण विषयक एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणीय विशिष्टता समूह (बि–ग्रुप) बाँकेको साझेदारी तथा ठाकुरबाबा नगरपालिकाकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

विद्यार्थीहरुको शैक्षिकस्तर बृद्दी गर्नकालागि उचित किसिमको वातावरण निर्माणगर्ने उद्देश्यकासाथ कार्यक्रम गरिएको आयोजकले जननाएको छ । कार्यक्रममा ठाकुरबाबा नगरपालिका भित्र सञ्चालनमा रहेका विभिन्न सामुदायिक विद्यालयहरुका शिक्षकहरूबीच विद्यार्थीको सिकाइलाई सकारात्मक बनाउन र उचित किसिमको वातावरण निर्माणका लागि चाल्नुपर्ने आवश्यक कदमका विषयमा वृहत छलफल तथा अन्तरक्रिया गरिएको छ ।

विद्यालयमा विद्यार्थीकोे सिकाई क्षणभरको लागि मात्र नभई जीवनभर कामलाग्ने हुनुपर्नेमा सहभागिहरुले जोड दिएका छन् । विद्यार्थीको सिकाई प्रभावकारी बनाउनका लागि विद्यालयमा शिक्षा र प्रविधिको व्यवस्था हुनुपर्ने, व्यवसाय र आयआर्जनको स्रोत हुनुपर्ने, शिक्षामा नैतिकता, व्यायम, खेलकुद र सङ्गीतको व्यवस्था गरिएको गरिनुपर्ने लगायतका विषयमा छलफल गरिएको छ ।

विद्यालयमा प्रशंसात्मक खोजविधि अन्तरगत रहेर विद्यार्थीको कमजोरी र राम्रो पक्ष पत्ता लगाएर विद्यार्थीको नराम्रो पक्षलाई अभिभावक समक्ष राख्नुपर्ने र राम्रो पक्षलाई लिएर विद्यार्थीको प्रशंसा गर्नुपर्ने विषयमा समेत छलफल गरिएको छ । विद्यार्थीले गरेका राम्रा कामहरुको प्रशंसा गर्नाले मनोबल बढ्दै जाने र पढाइमा मन लाग्दै जाने कार्यक्रमका प्रशिक्षक जीत बहादुर शाहले बताउनुभयो । विद्यार्थीका आर्थिक तथा सामाजिक समस्याका साथै यौनिक समस्याहरु विद्यालय प्रशासन र अभिभावक दुवैले बुझ्न जरुरी रहेको र बालबालिकालाई प्रशस्त समय दिनुपर्ने समेत प्रशिक्षक शाहले बताउनुभयो ।

यस्तै कार्यक्रममा वर्तमान समयमा विद्यालय उमेर समूहका विद्यार्थीहरूमा शारीरिक तथा मानसिक रूपमा असर पर्दा उनीहरूले आत्महत्या जस्ता गतिविधि गर्न सक्ने भएकाले यस्ता गतिविधिलाई नियन्त्रण गर्न खुशीका लागि शिक्षा, स्व–व्यवस्थापन र आत्महत्या न्यूनिकरणका लागि अपनाउनुपर्ने विभिन्न उपायहरूका बारेमा छलफल गरिएको छ ।

कार्यक्रममा प्लान इन्टरनेशनल नेपालको बालविवाह न्यूनिकरण परियोजना फोकल प्रसन बिमल गैरेले बालबालिकाहरूको सिकाई प्रभावकारी बनाउन विद्यालयहरुले समय–समयमा विद्यार्थी र अभिभावकहरूलाई एकसाथ राखी छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न आवश्यक रहेको बताउनुभयो । साथै उहाँले विद्यालयमा विद्यार्थीको उपस्थिति कस्तो छ भनेर ख्याल गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

Leave A Reply

Your email address will not be published.