onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दिया : आर्थिक अभावमा रहेका भौराटप्पाका विद्यार्थीलाई शैक्षिक सामाग्री

Sambad ADD long

राजापुर, बर्दिया : राजापुर नगरपालिका र गेरुवा गाउँपालिका (भौराटप्पा क्षेत्र)को विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । आर्थिक अवस्था कमजोर भएकै कारण शिक्षण सिकाइमा समस्या भोगिरहेका मेहनती एवम् जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

राजापुर नगरपालिकामा मुक्त्त कमैया, सुकुम्बासी एवम् विपन्न वर्गको समुदायका बालबालिकाहरुले साधन र स्रोतको अभावमा विद्यालय छोड्न थालेपछि कमैया महिला जागरण समाज, एक्सन एड नेपाल र राजापुर नगरपालिकाको सहकार्यमा शैक्षिक सामाग्री वितरण गरिएको हो । घरको आर्थिक अवस्था कमजोर भएका तर पढाइमा दख्खल राख्ने विद्यार्थीहरुलाई स्कुल ब्याग सहितको शैक्षिक सामाग्री वितरण गरिएको कमैया महिला जागरण समाजका सामाजिक परिचालक सम्झना थारुले जानकारी दिनुभयो ।

वितरण गरिएको पाठ्य सामाग्रीमा झोला, ज्यामितिय सामाग्री, कलम, कपि तथा कपडा सामाग्रीमा कमेज र पाइन्ट वितरण गरिएको हो । विद्यार्थीलाई वितरण गरिएको एकसेट सामाग्रीको मूल्य २ हजार २२७ रुपैयाँ रहेको कमैया महिला जागरण समाजका परियोजना अधिकृत राजेन्द्र चौधरीले जानकारी दिनुभयो । राज्यले ठुलो मात्रामा शिक्षामा लगानी गरी रहेको बताउँदै अभिभावकहरुले पनि आफनो बालबालिकाको पढाइमा ध्यान दिनुपर्नेमा राजापुर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष विधुर पोखरेलले जोडदिनुभयो ।

कमैया महिला जागरण समाज र एक्सन एड नेपालले राजापुर नगरपालिकामा अध्ययनरत ३०१ जना र गेरुवा गाउँपालिकामा अध्ययनरत १०३ जना गरी ४०४ जनालाई ९ लाख रुपैयाँ बराबरको शैक्षिक सामाग्री वितरण गरिएको छ । राजापुरमा गरिएको कार्यक्रमका प्रमुख अतिथि रहनु भएका राजापुर नगरपलिकाका नगर प्रमुख दिपेश थारुले पछिल्लो समयमा छात्राको तुलनामा छात्रहरुले स्कुल छोड्ने दर बढ्दै गएको र भोलिको दिनमा यसले विकराल रुपलिन सक्ने बताउनुभयो । राज्यले शिक्षामा ठुलो लगानी गरी रहेकाले सबैले यसको फाइदा उठाउनु पर्ने पनि राजापुर नगर प्रमुख थारुले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.