online-aama-surachhya-sandesh

सुकुम्बासी बस्तीकी कमला परियार ६ महिनादेखि ओछ्यानमै, उपचारका लागि आर्थिक सहयोगको अपिल

Sambad ADD long

भुरीगाउँ, बर्दिया : बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर २ आम्बासा सुकुम्बासी गाउँका अमरसिंह परियारका २८ वर्षिया पत्नी कमला परियार बिरामी भएको झण्डै एक वर्ष भयो । आर्थिक अभावका कारण पछिल्लो ६ महिनादेखि उपचार गर्न नसकेपछि उहाँ ओछ्यानमा हुनुहुन्छ ।

स्थानीय नगर अस्पताल, जिल्ला अस्पताल र नेपालगंज मेडिकल कलेजसम्म पुगेर उपचार गर्दा पनि निको हुन सकेन । कमलालाई सुरुमा टनसिल भएपछिबाट बिमारी सुरु भएको हो, अहिले हातखुट्टा दुख्ने, ज्वरो आउने र उठ्न बस्न नसक्ने समास्याले ग्रसित हुनुहुन्छ । हड्टीमा टिबि भएको डाक्टरले बताएपछि जिल्ला अस्पालबाट औषधी खान पनि सुरु गर्नुभयो तर निको भएन उहाँलाई उठ्न बस्नसमेत समस्या भएपछि उहाँ अहिले घरमै ओछ्यानमा हुनुहुन्छ ।

उपचारका लागि नेपालगंजको निजि क्लिनिकमा पुग्नुभएका कमलालाई डाक्टरले रोग पत्ता लगाउन सबैभन्दा पहिले एम.आर.आई र शरिरको पुरै चेकजाँच गर्नुपर्ने बताएपछि आर्थिक अभावले चेकजाँच गर्न नसकि घर फर्किनु पर्यो। आर्थिक समस्याका कारण डाक्टरले भने अनुसार पत्निको चेकजाँच गर्न नसकेको कमलाका पति अमरसिंह परियारले बताउनुभयो । “सबैभन्दा पहिले बिरामीको रोग पत्ता लगाउनु पर्‍यो, अनि उपचार गर्ने हो, उपचारबाट ठिक हुने सम्भावना छ तर खर्च भने धेरै लाग्छ” डाक्टरले बताएपछि अहिले बिरामीका पति तनावमा हुनुहुन्छ ।

“ज्याला मजदुरी गरि घर परिवारको साँझ विहानको छाक टार्ने देवर अमरसिंह परियारलाई श्रीमती बिरामी भएपछि मजदुरी गर्न जानुको सट्टा पत्निको स्याहार गर्न घरमै बस्नु परेको छ” कमलाकी जेठानी दिदि ऋषीकला परियारले भन्नुभयो । उपचारका क्रममा ज्याला मजदुरी गरि कमाएको आफुसँग भएको रुपैँया जति सबै उपचार गर्दामै सकियो, सुकुम्बासी बस्तीको थोरै जग्गामा बसिरहेका उहाँले बैँकबाट ऋणसमेत पाउने घरजग्गा नहुँदा आर्थिक समस्याले पत्निको रोग पत्ता लगाउनका लागि चेकजाँच गर्ने रुपैँयाको अभावले औषधि उपचार गराउन नसकिएको उहाँले बताउनुभयो ।

कमलाका ६ वर्ष र ४ वर्षका दुई छोरा छन् । उपचारमा आर्थिक अभाव भएपछि कमलाका जेठानी दिदी ऋषीकला परियारले सहयोगको अपिल गर्नुभएको छ । “मेरो पति पनि प्यारालाईसिस भएर शारिरिक अपाङ्ग हुनुहुन्छ, देवरले दैनिक ज्याला मजदुरी गर्न छाडेर बिरामीको स्याहार गर्न घरमै बसेपछि देउरानीको उपचार त के अहिले साँझ विहानको छाक टार्नसमेत मुस्किल परेको छ” उहाँले भन्नुभयो ।

नगरपालिकाबाट नगर प्रमुख र वडाअध्यक्षले व्यक्तिगत १०/१२ हजार रुपैँया आर्थिक सहयोग गर्नुभएको हो, छिमेकीहरु र भारतमा रहेका आफन्तको सहयोगबाट पनि नेपालगंजसम्म पुगेर सामान्य उपचार गरेको हो निको हुन सकेन ऋषीकलाले बताउनुभयो । “बिरामी बोल्न सक्छिन्, तर उठ्न बस्न समस्याले ओछ्यानमै सुत्नु परेको छ, के गर्ने ठुलो अस्पतालमा उपचार गरेको भए कुन रोग हो, कती खर्च लाग्छ भन्ने थाहा हुन्थ्यो, रोग पत्ता लगाउन सुरुमा चेकजाँच गर्ने नै पैसा छैन” दुःख पोख्दै उहाँले भन्नुभयो । आफुले कमाई गरेर राखेको सबै पैसा पत्निको उपचारमा सकियो, पत्निको उपचारका लागि पहिले रोग पत्ता लगाएपछि मात्रै उपचार हुने र उपचारमा दुई/चार लाख रकम लाग्ने डाक्टरले बताएपछि उहाँले देशविदेशमा रहेका मनकारी भावना भएका महानुभावहरु र विभिन्न संघसंस्था लगायतलाई आर्थिक सहयोग गरि पत्नीलाई पुर्नजन्म दिन आग्रहसहित आर्थिक सहयोगको अपिल गर्नुभएको छ ।

पत्नीको सहयोगका लागि विरामीका पति अमरसिंह परियारलाई ९८६४९२०७१५ मा सम्पर्क गर्न वा अमरसिंह परियारको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंकको भुरीगाउँ शाखाकोे खाता नम्बर ४४७०००५९१३१० मा सहयोग रकम जम्मा गर्न बिरामीका पति अमरसिंह परियारले सहयोगी मनकारी महानुभावहरुसंग अपिल गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.