onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

महिलाहरुको लागि नेतृत्व विकास तथा जीवन उपयोगी तालिम सम्पन्न

Sambad ADD long

गुलरिया, बर्दिया : गुलरिया नगरपालिकामा सामुदायिक सुरक्षा जालो अभियान अन्तरगत ३ दिने नेतृत्व विकास तथा जीवन उपयोगी तालिम सम्पन्न भएको छ । नागरिक आवाजको आर्थिक सहयोग तथा थारु महिला उत्थान केन्द्र बर्दियाको आयोजनामा संचालित सामुदायिक सुरक्षा जालो अभियान अन्तरगत गठन गरिएका समूहका सदस्यहरुलाई ३ दिने नेतृत्व विकास तथा जीवन उपयोगी तालिम सम्पन्न भएको हो ।

तालिममा महिलाहरुको नेतृत्व विकास तथा आफुले गर्दै आईरहेको कामलाई ब्यवस्थित तरिकाबाट कार्यान्वयन गर्न सकियोस र आफुले जानेका कुराहरु अरुलाई पनि सिकाउने तथा घर–परिवार, टोल, समुदायमा एकआपसमा सहयोग दिने लिने, शान्ति सुब्यवस्था कायम गर्ने उद्देश्यका साथ संचालन गरिएको संस्थाका कार्यक्रम संयोजक तेजमणि पन्तले जानकारी दिनुभयो । तीन दिनसम्म संचालन भएको तालिमको सहजिकरण थारु महिला उत्थान केन्द्र बर्दियाका कर्मचारी इन्दिरा चापागाई र मायारानी थारुले गर्नुभएको थियो ।

महिलाहरु भनेका घर वरिपरिको काममा मात्र सिमीत हुन्छन्, आफु भित्रको ज्ञान सिप र क्षमतालाई बाहिर ल्याउन र देखाउन त्यती सजिलो मान्दैनन् वा समाजले सजिलै स्वीकार गर्दैन, जसको कारण उनीहरु आफुले जानेको कुरा बोल्न नपाउँदा बिभिन्न अवसरबाट वन्चित हुने समस्याहरु भएकोले आगामी दिनमा संस्था र गुलरिया नगरपालिकाले पनि यस्ता कार्यक्रमहरु योजनामा राखी समुदायका पुरुष तथा दुव्र्यसनीमा फसेका ब्यक्तिहरुलाई पनि सहभागी गराई कार्यक्रम राख्न सके थप प्रभावकारी हुने कार्यक्रमका सहभागिहरुले बताएका छन् ।

सामुदायिक मेलमिलाप तथा आत्मसम्मान र सम्मान्य जीवनयापन गर्न पाउने सबैको अधिकारलाई स्थापित गर्ने उद्देश्यका साथ संस्थाले गुलरिया र मधुवन नगरपालिकामा गरि २४ वटा समूह मार्फत् सामुदायिक सुरक्षा जालो अभियान सुरु गरेको संस्थाका मनोविमर्शकर्ता कल्पना नेपालले जानकारी दिनुभयो ।

सामुदायिक सुरक्षा जालो अभियान अन्तरगत संचालन गरिएको ३ दिने नेतृत्व विकास तथा जीवन उपयोगी तालिम (आधारशिला) कार्यक्रमका मनोविमर्शकर्ताले संचालन गरेको कार्यक्रममा गुलरिया नगरपालिकाकी नगर उपप्रमुख सावित्रि गौतमको प्रमुख अतिथ्यता तथा संस्थाका कार्यकारी निर्देशक प्रिज्मा सिंह थारुको अध्यक्षता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.