online-aama-surachhya-sandesh

शिक्षक बैंक स्थापना गर्दै ठाकुरबाबा, प्रतीक्षा सूचीकालागि ६५ जना शिक्षक माग

शिक्षक रिक्तताले पढाइमा पर्ने असर रोक्न शिक्षक बैंकको स्थापना गर्दैछौं : नगर प्रमुख लम्साल

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाले शिक्षक बैंक स्थापना गर्ने भएको छ । कुनै शिक्षकले लामो बिदा लिएको अवस्थामा वा कुनै शिक्षकले सुत्केरी बिदा लिएको अवस्थामा खटाउने गरि नगरपालिकाले शिक्षक बैंक स्थापना गर्न लागेको हो ।

नगरपालिकाले एक सूचना निकालेर शिक्षक बैंक स्थापना गर्नका लागि योग्यता पुगेका इच्छुक ब्यक्तिहरुबाट दरखास्त आह्वान गरेको छ । ठाकुरबाबा नगरपालिकाको सिकाइ सुधार कार्यविधि २०८०, परिच्छेद ६, नियम ६ (१) को व्यवस्था अनुसार शिक्षक बैंक स्थापना गर्न लागिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सीता भण्डारीले जानकारी दिनुभयो ।

पालिका भित्रका विद्यालयहरुमा रिक्त हुने करार प्रकृतिका शिक्षक पद र शिक्षा ऐन नियम अनुसार लामो सुत्केरी बिदामा बस्दा हुने रिक्तताले गर्दा विद्यालयको नियमित पढाइमा प्रतिकुल असर नपरोस् भनेर शिक्षक बैंकको स्थापना गर्न लागिएको नगर प्रमुख तिकलराम लम्सालले बताउनुभयो । शिक्षकको पद खाली भएसंगै उक्त पदहरु पूर्ति नहुँदासम्म तत्काल विद्यालयमा पठनपाठन सुचारु गर्ने उद्देश्यले विषयगत प्रतीक्षा सूचीका शिक्षकको व्यवस्था गरि शिक्षक बैंकको स्थापना गरिने नगर प्रमुख लम्सालले जानकारी दिनुभयो ।

शिक्षक बैंक स्थापनाका लागि माध्यमिक तह (९-१२) तर्फ नेपाली, गणित, सामाजिक, विज्ञान र अंग्रेजी विषयका लागि समान ५-५ जना गरि २५ जना शिक्षक माग गरिएको छ । आधारभूत तह (१-८) तर्फ नेपाली, गणित, सामाजिक, विज्ञान र अंग्रेजी विषयका लागि समान ५-५ जना गरि २५ जना शिक्षक माग गरिएको छ भने आधारभूत तह (१-५) तर्फ १० जना माग गरिएको छ । यस्तै प्रारम्भिक बालविकास तर्फ ५ जना गरि कुल ६५ जना प्रतीक्षा सूचीको लागि शिक्षकहरु माग गरिएको छ ।

शिक्षक अनुमतिपत्र भएकोलाई प्राथमिकता क्रममा अगाडि राखिने बताउँदै शिक्षक सेवाको अनुभव भए अनुभवको प्रमाणपत्र, विभिन्न तहकालागि  शिक्षक सेवा आयोगले तोकेको आवश्यक योग्यता अनुसारको प्रमाणपत्र सहित प्रतीक्षा सूचीमा बस्न इच्छुक नेपाली नागरिकले यहि साउन २८ गते कार्यालय समय भित्र दरखास्त दिन सक्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिनुभयो ।

हेर्नुहोस् सूचना :

Leave A Reply

Your email address will not be published.