
भुरीगाउँ, बर्दिया : पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर २ बलाती र अम्रेनीको बिचमा मिनि ट्रक दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे. १ क २२७२ नम्बरको मिनि ट्रक राजमार्गबाट तल खस्दा खोला किनारमा बल्छि लगाएर माछा मार्न बसेका प्रतिनाथ योगी घाइते भएका इलाका प्रहरी कार्यालय बगनाहा भुरीगाउँले जनाएको छ । राजमार्गमा गुडिरहेको मिनि ट्रक पल्टिँदा खोलाको पुल नजिक बल्छि लगाएर माछा मार्न बसेका ठाकुरबाबा नगरपालिका-२, आम्बासाका अन्दाजी ५० वर्षका प्रतिनाथ योगी घाइते भएका हुन् ।
मिनि ट्रक पल्टिँदा खोलाको कल्भर्ट किनारमा लगाएको ढुँगाले ढाडमा चोट लागेका योगीको स्थानीय क्लिनिक भुरीगाउँमा उपचार भइरहेको र खतरामुक्त रहेको प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।