onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

मधुवनको विद्यालयलाई अपांग तथा लैङ्गिकमैत्री शौचालय हस्तान्तरण

Sambad ADD long

मधुवन, बर्दिया : मधुवन नगरपालिकामा एक कार्यक्रमका बिच अपांग तथा लैङ्गिकमैत्री शौचालय हस्तान्तरण गरिएको छ । मधुवन नगरपालिका-७, दशरथ बस्तीमा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयलाई अपांग तथा लैङ्गिकमैत्री शौचालय हस्तान्तरण गरिएको हो ।

प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बि-ग्रुप) बाँकेको साझेदारि तथा मधुवन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वय र सहयोगमा बालविवाह न्यूनिकरण परियोजना मार्फत् विद्यालयलाई पक्की शौचालय हस्तान्तरण गरिएको बि–ग्रुप बाँकेले जनाएको छ । कुल ११ लाख ९७ हजार ४५७ रुपैयाँको लागतमा २०७८ साल पुस २१ गतेदेखि निर्माण कार्य सुरु भई २०७९ साल फागुन २९ गते निर्माण सम्पन्न भएपछि शौचालय भवन सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको बालविवाह न्यूनिकरण परियोजनाका प्राविधिक संयोजक लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।

हस्तान्तरण कार्यक्रममा बालिकाहरुको शिक्षण सिकाई, विद्यालयमा नियमितता र महिनावारी भएको अवस्थामा विद्यालय छाड्ने दर कम हुने र बालिकाहरुको सिकाइ उपलब्धीमा वृद्दि भएको पाउनुका साथै विद्यालयमा बालबालिकाहरु नियमित भइरहने र बालिकाहरु बालविवाहमा पर्नसक्ने जोखिम न्यूनिकरण हुने अपेक्षा वक्ताहरुले राखेको शर्माले जानकारी दिनुभयो ।

बिगत १ वर्षदेखि बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकामा प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बि-ग्रुप) बाँकेको साझेदारि तथा परियोजना संचालन भएका स्थानीयतहसंगको समन्वयमा बालविवाह न्यूनिकरण परियोजना मार्फत् बालिकाहरुको गुणस्तरीय शिक्षा, बालविवाह जोखिम हुन नदिनका लागि आयआर्जनमा सहयोग, संरक्षण र विद्यालयस्तरमा प्रजनन स्वास्थ्य अधिकारका विषयमा संस्थाले पैरवी गर्दै आइरहेको समेत परियोजनाका प्राविधिक संयोजक शर्माले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.